प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ।
प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका प्रमुख स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन्। साथै, प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरसहितका स्वागत सामग्री पनि विभिन्न स्थानमा देख्न सकिन्छ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका लागि उनी आज भारत प्रस्थान गर्दैछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार नै स्वदेश फर्कने कार्यतालिका छ।
नेपाल फोटो लाईब्रेरी
