Feature
छठका लागि झिलिमिली बन्यो कमलपोखरी
- November 14, 2026
- 29 पटक पढिएको
छठ पर्वको तयारीसँगै काठमाडौंको कमलपोखरी झिलिमिली बनेको छ।
छठ पर्वलाई लक्षित गरी सजाइएको पोखरी साँझपख रंगीन बत्तीले झनै आकर्षक देखिएको छ।
बत्तीको उज्यालोमा चम्किएको कमलपोखरीमा यतिबेला फोटो खिच्ने, भिडियो बनाउने र झिलिमिली वातावरणमा रमाउनेहरूको चहलपहल बढेको छ। छठको रौनकसँगै कमलपोखरीको दृश्यले साँझलाई थप मनमोहक बनाएको छ।





