Site icon Street Nepal

चार वर्षदेखि विस्तारकै क्रममा सूर्यविनायक–धुलिखेल सडक : कतै चिल्लो, कतै धुलो–हिलो

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकलाई ६ लेनमा विस्तार गर्ने काम जारी छ। चार वर्षअघि सुरु भएको आयोजनाको निर्माण कार्य अझै पूरा हुन सकेको छैन।

आयोजनालाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरेर २०७९ पुसदेखि निर्माण अघि बढाइएको थियो। साँगा–धुलिखेलको ८.४ किलोमिटर सडक विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ र सूर्यविनायक–साँगाको ७.५ किलोमिटर सडकका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

हालसम्म सूर्यविनायक–साँगा खण्डको करिब ५५ प्रतिशत र साँगा–धुलिखेल खण्डको ७७ प्रतिशत काम सम्पन्न भएको छ। सम्झौताअनुसार आयोजनाको निर्माण यसै वर्षको चैत मसान्तसम्म सक्नुपर्नेछ।

बनेपा बजार क्षेत्रमा सडकको मापदण्डसम्बन्धी विवादका कारण रोकिएको काम गत कात्तिकमा समस्या समाधान भएपछि पुनः अघि बढेको छ। निर्माण कार्य जारी रहँदा सडकका विभिन्न स्थानमा उड्ने धुलो र सवारी जामले यात्रु तथा चालकलाई भने सास्ती भइरहेको छ।

Exit mobile version