Connect with us

entertainment

SALMAN KHAN RELEASES “SELFISH” SONG FROM “RACE 3”!!

Published

on

SALMAN KHAN RELEASES "SELFISH" SONG FROM "RACE 3"!!

SALMAN KHAN RELEASES "SELFISH" SONG FROM "RACE 3"!!
“Selfish”, the much awaited song from Salman Khan starrer “Race 3” has been released. After Jacqueline Fernandez’s “Hiriye”, “Selfish” will be the second song unveiled from “Race 3”.

The second song from the film not only has the melodious voice of Pakistani singer, Atif Aslam  but it also marks the bollywood debut of Salman’s ladylove lulia Vantur. Interestingly, the lyrics of the soulful number are penned by Salman Khan.SALMAN KHAN RELEASES "SELFISH" SONG FROM "RACE 3"!!

Third film in the Race franchise, “Race 3” also features Anil Kapoor, Bobby Deol, Saqib Saleem and Daisy Shah. “Race 3” which is helmed by Remo D’souza is slated for this Eid on June 15.

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

भाटभटेनीमा रात्रिकालिन सपिङ

Published

on

नेपाल फोटो लाइब्रेरी

भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा सुरु गरेको छ।

भाटभटेनीले भदौ २ गते मंगलबारदेखि राधेराधे शाखाबाट चौबीसै घण्टा सेवा सञ्चालनमा ल्याएको हो। रात्रिकालीन समयमा समेत स्टोर सञ्चालन गर्न स्थानीय सरकार तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सेवा सुरु गरिएको भाटभटेनीले जनाएको छ।

नेपालकै ठूलो रिटेल चेनका रूपमा रहेको भाटभटेनीले २४ सै घण्टा सेवा विस्तार गर्ने क्रममा अब काठमाडौंको टंगाल र ललितपुरको कृष्णगल्ली शाखामा समेत यस्तो सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

रात्रिकालीन समयमा समेत किनमेल गर्न सकिने भएपछि व्यस्त उपभोक्ताका साथै राति काम गर्ने तथा अन्य कारणले दिउँसो समय निकाल्न नसक्ने ग्राहकलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

Continue Reading

entertainment

बागलुङमा ग्यासको सास्ती

Published

on

डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

प्रशासनले आपूर्ति सहज भएको दाबी गरेपनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् ।

मंगलबार मात्रै बागलुङ बजारमा एक हजार ७५ वटा ग्यास आएको छ । उक्त ग्यास १६ वटा डिलरले वितरण गरेका छन् । ग्यास डिलरमा उपभोक्ताको भिड बढेपछि प्रहरीसमेत खटाइएको थियो ।

बजारका विभिन्न ठाउँमा ग्यास लिन उपभोक्ता लाइन लागेको देखिन्थ्यो । मंगलबार बिहान ३ बजेदेखि नै उपभोक्ता लाइन लाग्न थालेका थिए । एक सिलिण्डर ग्यास पाउन तीन घण्टासम्म लाइन बस्नु परेको उपभोक्ताको गुनासो छ ।

बागलुङमा गृहलक्ष्मी, शक्ति, नेपाल, एवानलगायत ब्राण्डका ग्यास वितरण हुँदै आएको छ । प्रहरीले ग्यास कालोबजारी गरेको आरोपमा दुई साताअघि एक जनालाई पक्राउ गरेको थियो । अहिले बिक्रेताले समेत ग्यास मौज्दात राख्न छोडेका छन् । विक्रेताले उपभोक्ताको भिड बढेपछि अहिले ‘कार्ड सिस्टम’ लागु गरेका छन् ।



Continue Reading

entertainment

लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी

Published

on

ललितपुर महानगरपालिकाको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा ‘सप्त पाताल पोखरी’ पुनर्निर्माणपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आज एक कार्यक्रमबीच पुनर्निर्मित पोखरीको उद्घाटन गर्नुभएको हो।

लामो समयसम्म अतिक्रमण र अस्तित्व संकटमा परेको यो लिच्छविकालीन पोखरी स्थानीय नागरिक, सम्पदा अभियन्ताहरूको निरन्तर खबरदारी र महानगरपालिकाको सक्रियतामा पुरानै स्वरूपमा ब्युँताइएको हो। पुनर्निर्माणसँगै पोखरीको चारैतर्फ परम्परागत शैलीको पर्खाल, फलामे बार र पाटी निर्माण गरी क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाइएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले मासिएका ऐतिहासिक सम्पदाहरूको संरक्षण र पुनर्जीवन महानगरको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।

रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएपछि पाताल लोकसम्म सन्देश पुर्‍याउन माछा छोड्ने धार्मिक परम्परासँग जोडिएको यस पोखरीको पुनर्जीवनले स्थानीय संस्कृति संरक्षणका साथै यस क्षेत्रको भूमिगत पानी पुनर्भरण (Groundwater Recharge) मा समेत ठूलो योगदान पुग्ने विश्वास लिइएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com