Feature

 भक्तपुरको योंसिखेल धान

avatar
Street Nepal

An editor at streetnepal


  • October 28, 2026
  • 3 पटक पढिएको

भक्तपुरको योंसिखेलका किसान धान भित्र्याउन व्यस्त छन्। मौसमविद्ले बिहीबार साँझदेखि वर्षा हुने सम्भावना औँल्याएपछि किसानलाई पाकेको धान सुरक्षित राख्ने चटारो परेको हो।

खेतमा काटेर राखिएको धान सुकाउने, निफन्ने र भण्डारण गर्ने काममा किसानहरू जुटेका छन्। वर्षा भए काटेको धान भिज्ने र बालीमा क्षति पुग्ने चिन्ताले उनीहरू मौसम खुलिरहेको समयमा धान भित्र्याउन हतारिएका हुन्।

धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू दिनभरि काम गरिरहेका छन्। वर्षायाम सकिएसँगै भित्र्याउन तयार भएको धानलाई सम्भावित वर्षाबाट जोगाउँदै सुरक्षित भण्डारण गर्न किसानलाई भ्याइनभ्याइ छ।

तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Facebook Comments