entertainment
Skillful Resh Marhatta
Resh Marhatta is a Nepalese actor turned film maker. He is engaged in Nepalese film industry from very long time. His official name is Suresh Marhatta. He has featured in numerous national and international movies. Resh owns a production company named “Voice Entertainment”. An American graduate holder Resh is a multi talented man. He is a good actor, producer, and sportsperson. By profession he is business instructor in an American Institute.

entertainment
मगर समुदायले मनाए भूम्या पर्व
काठमाडौँको खुलामञ्चमा मगर समुदायले भूम्या पर्व मनाएको छ।
प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।
पानी जमेको र घाँसपात उम्रिएको खुलामञ्चमा मगर युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरु सांस्कृतिक झाँकी र मौलिक भेषभुषामा सजिएर रमेका थिए ।
आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरिन्छ ।
यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।
मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ ।
उपत्यकासहित विभिन्न जिल्ला र विदेशमा समेत मगरहरुले भूम्या पर्व मनाएका छन् ।











entertainment
नेपाल प्राइड परेड
काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्याली निकालेका हुन्।
शान्ति बाटिकाबाट सुरु भएको र्याली खुलामञ्चमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले इन्द्रेणी झण्डा र विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले समान अधिकार, भेदभावको अन्त्य, सुरक्षित जीवन र सामाजिक स्वीकार्यताको माग गरेका थिए।
परेडमा समुदायका सदस्यहरू, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहेको थियो। खुलामञ्चमा सांस्कृतिक कार्यक्रम र सम्बोधनसमेत गरिएको थियो।
हरेक वर्ष जुन महिनामा विश्वभर ‘प्राइड मन्थ’ मनाइन्छ। सोही अवसरमा नेपालमा पनि प्राइड परेड आयोजना गरिएको हो।
आयोजकहरूले यस्ता कार्यक्रमले यौनिक तथा लैङ्गिक विविधताप्रति सम्मान बढाउन तथा समुदायका अधिकारबारे जनचेतना फैलाउन सहयोग पुग्ने बताएका छन्।





entertainment
बाह्रमासे घाटु
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–भंगालमा गुरुङ समुदायमा प्रचलित बाह्रमासे घाटु नृत्य प्रदर्शन गरिएको छ।
भंगालस्थित गुरुङ समुदायले आयोजना गरेको घाटु भोज कार्यक्रममा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको बाह्रमासे घाटु नृत्य प्रस्तुत गरिएको हो।
गुरुङ समुदायमा बाह्रमासे घाटु नृत्य खुसीयाली, मेला–पर्व, स्वागत–सत्कार, सांस्कृतिक उत्सव तथा विभिन्न विशेष समारोहका अवसरमा प्रदर्शन गर्ने परम्परा रहेको छ।




-
entertainment3 weeks agoबौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
-
entertainment7 days agoबेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
-
entertainment3 weeks agoचेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
-
Auto4 weeks agoभारतको प्रिमियम ई–स्कुटर ‘एम्पियर’ अब पोखरामा
-
Auto3 weeks agoतस्विरमा हेर्नुहोस् अटो बजारमा चर्चा पाएको एमजी एस सिक्स
-
Feature4 weeks agoनेपाली यात्रुले अब विश्वभरका होटल नेपाली मुद्रामै बुक गर्न सक्ने
-
entertainment4 weeks ago‘मिस नेपाल २०२६का लागी आवेदन खुल्ला
-
Auto4 weeks agoसिजी मोटर्सको महामेला एक्सचेन्ज कार्निभल


You must be logged in to post a comment Login