entertainment
NEW SONG ALERT: BADAL HARU FT. SURAKSHYA PANTA, GHANU JOSHI & RAJ

Music video named ‘Badal’haru’ is released amidst a program organized in Kathmandu. ‘Badalharu’ is inspired by the Managing Director of Nepal Electricity Authority Kulman Ghising. MD Kulman Ghising is also present in the music video release program. The lyrics of the song is written by actress Surakshya Panta and music is done by Manav Subedi. The song is sung by Raj K Goswami. Actor Rajesh Hamal, Singer Rajesh Payal Rai, Sugam Pokhrel, Shiva Pariyar, Dharmendra Sewan were also present at the ceremony and they all wished best for singer Goswami.

entertainment
लोभलाग्दो माइतीघर–बानेश्वर खण्ड
माइतीघरदेखि बबरमहल हुँदै बानेश्वरसम्मको सडक खण्ड आज काठमाडौंको आधुनिकता र सहरी सौन्दर्यको एउटा उत्कृष्ट नमुना बनेको छ।
८ लेनको यो फराकिलो सडकमा हिँड्दा उपत्यकाकै बदलिँदो र व्यवस्थित स्वरूपको महसुस हुन्छ।
यस खण्डको सौन्दर्यलाई बिजुलीबजारमा धोबीखोला माथि बनेको आकर्षक ‘नेटवर्क आर्च ब्रिज’ ले झनै भव्य बनाएको छ। कलात्मक शैलीमा निर्माण गरिएको यो आधुनिक पुलले सडकको गरिमालाई थप उचाइ दिएको छ।
सडकको बीचभाग र किनाराहरूमा रोपिएका बोटबिरुवाहरू अचेल राम्रोसँग हुर्किएर हरियाली छाएका छन्, जसले व्यस्त सहरको बीचमा पनि छुट्टै ताजापन दिन्छ।
साँझ परेपछि पुलका आर्चहरू र सडकमा लहरै बलेका आधुनिक बत्तीहरूले यो क्षेत्रलाई निकै आकर्षक र उज्यालो बनाउँछन्।
उज्यालो प्रकाश र हरियालीको यो सुन्दर संयोजनले गर्दा यो सडक खण्ड काठमाडौंको एउटा गौरव र लोभलाग्दो परिचय बनेको छ।



entertainment
कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो प्रथम पुरस्कार
चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा निर्देशक कमल एक्चै मगर निर्देशित लघु चलचित्र ‘बाछिटा’ प्रथम घोषित भएको छ ।
राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा देशभरबाट सहभागी विभिन्न लघु चलचित्रलाई पछि पार्दै ‘बाछिटा’ उत्कृष्ट लघु चलचित्रको रूपमा छनोट हुन सफल भएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै चलचित्रले नेपाली लघु चलचित्र क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मानिएको छ ।
पुरस्कार घोषणा पछि निर्देशक कमल एक्चै मगरले खुसी व्यक्त गर्दै चलचित्र विकास बोर्ड, निर्णायक मण्डल तथा सम्पूर्ण निर्माण टिमप्रति आभार प्रकट गरेका छन् । उनले ‘बाछिटा’को सफलता सम्पूर्ण टिमको मेहनत, विश्वास र निरन्तर संघर्षको प्रतिफल भएको बताए ।
‘बाछिटा’ ७औं सिलिगुडी इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा पनि दोस्रो स्थान हासिल गरेको थियो । यससँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवहरूमा आधिकारिक छनोट भई सम्मानित भइसकेको चलचित्र हो ।
निर्माण पक्षका अनुसार ‘बाछिटा’ले हासिल गरेको यो सफलता नेपाली लघु चलचित्र निर्माणमा सक्रिय नयाँ पुस्ताका सर्जकहरूका लागि प्रेरणादायी बन्ने विश्वास लिइएको छ ।



entertainment
बत्ती जडानपछि यस्तो देखियो न्युरोड
काठमाडौंको न्युरोडस्थित इन्द्रचोकदेखि विशाल बजार बसन्तपुर लगाएतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ।
यहाँ का घरहरुमा पुरनो शैलीको रंग लगाए पश्चात सडकमा पनि पुरानै शैलीको बत्तिहरु जडान गरिएको हो।
काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रको मौलिक पहिचान जोगाउँदै सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले यी बत्ती जडान गरेको हो।
बत्ति जडान पश्चात यहाँको शुन्दरतामा निखाए आएको देखिन्छ।







-
entertainment4 weeks agoबेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
-
Auto4 weeks agoलिपमोटर बी १० टप भेरियन्टको मूल्य घट्यो, अब रु. ५४ लाख ९९ हजारमा उपलब्ध
-
Art6 days agoरंगमञ्चमा स्यालसिंह
-
Auto4 weeks agoनेपालमा सुरु भयो उबर
-
entertainment4 weeks agoगृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ
-
Feature3 weeks agoभक्तपुरको सबैभन्दा चर्चित अधुरो भवन
-
Feature4 weeks agoगुरुङ समुदायबाट सगरमाथा आरोहण गर्ने २३ युवा सम्मानित
-
entertainment3 weeks agoबाह्रमासे घाटु


You must be logged in to post a comment Login