Cobweb Band
Feature
बलम्बु फ्लाईओभर सञ्चालनको तयारीमा
काठमाडौँको बलम्बुमा रहेको फ्लाई ओभर अब सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गसँग जोडिएको यो फ्लाईओभर सुरुङ सञ्चालनसँगै प्रयोगमा ल्याइने तयारी गरिएको छ। यो फ्लाईओभर नागढुंगा सुरुङ परियोजनाको महत्वपूर्ण संरचना हो, जसले सुरुङबाट आउने सवारीलाई सिधै त्रिभुवन राजपाथसँग जोड्ने काम गर्नेछ।
करिब १२८ मिटर लामो यो संरचना निर्माण सम्पन्न भइसकेको छ र अब समग्र परियोजना सञ्चालनमा आएपछि मात्र प्रयोगमा ल्याइने बताइएको छ। हाल नागढुंगा सिस्नेखोला टनेल परीक्षण चरणमा प्रवेश गर्न लागेको छ।
सुरुङको परीक्षणका क्रममा सवारी सञ्चालन, सुरक्षा प्रणाली, आपतकालीन तयारी लगायतका पक्षको मूल्याङ्कन गरिनेछ। सरकारले सुरुङ मार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य आगामी आर्थिक वर्षदेखि राखेको छ।
सुरुङ सञ्चालन भएसँगै बलम्बु फ्लाईओभर पनि प्रयोगमा आउनेछ, जसले कलंकी–नागढुंगा खण्डको ट्राफिक व्यवस्थापनमा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ।
विशेषगरी काठमाडौँ भित्रिने र बाहिरिने सवारीका लागि यो संरचनाले जाम कम गर्दै यात्रा समय घटाउनेछ।
नागढुंगा खण्डमा हुने घण्टौं लामो जाम हटाउन यो परियोजना महत्वपूर्ण समाधानका रूपमा हेरिएको छ।
समग्रमा, सुरुङ मार्ग र फ्लाईओभर दुवै सञ्चालनमा आएपछि काठमाडौँ प्रवेश मार्ग अझै व्यवस्थित र सहज हुने विश्वास गरिएको छ।






Feature
सरकारको स्पष्ट सन्देश: त्रिवि क्रिकेट मैदान भत्किँदैन
काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान सम्बन्धमा नयाँ सम्झौताको तयारी अघि बढेको छ। सरकारका प्रवक्ता तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघ (क्यान) बीच सकारात्मक संवाद भइरहेको बताएका छन्।
यसअघि विश्वविद्यालयले आफ्नो मातहतका जग्गा ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि क्रिकेट क्षेत्रमा चिन्ता बढेको थियो। तर मन्त्री पोखरेलका अनुसार मैदान खाली गराउने उद्देश्य नभई सकिएको भाडा सम्झौता नवीकरण गर्ने तयारी भइरहेको हो। उनले मैदान नभत्किने स्पष्ट पारेका छन्।
पछिल्लो समय सरकारले यस मैदानलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा अघि बढाएको छ। गत वर्ष मात्र शहरी विकास मन्त्रालयले करिब ९० करोड रुपैयाँ खर्च गरेर १० हजार दर्शक क्षमताको प्यारापिट र फ्लडलाइट जडान गरेको थियो।
क्यानले पनि आफ्नो अधिकांश अन्तर्राष्ट्रिय खेल यही मैदानमा गर्दै आएकोले सम्झौता थप गर्न पहल गरिरहेको छ। चैत २३ गते बसेको क्यानको बोर्ड बैठकले सम्झौता नवीकरणका लागि अनुरोध गर्ने निर्णय गरिसकेको छ।
यता राष्ट्रिय खेलकुद परिषदले दुवै पक्षबीच समन्वय गरिरहेको जनाएको छ, जसले आगामी दिनमा नेपाली क्रिकेटको भविष्य थप सुनिश्चित हुने अपेक्षा गरिएको छ।





entertainment
फरक खालको नाटक ग्राण्ड रिहर्सल
काठमाडौँको मण्डला थिएटरमा एक फरक खालको नाटक ग्राण्ड रिहर्सल’को नियमित मञ्चन भइरहेको छ।
यो नाटक परम्परागत कथा भन्दा अलि अलग छ। यहाँ कथा भन्दा बढी ‘अभ्यास’ नै कथा बनेको छ। अभ्यासकै क्रममा साना–साना गल्तीहरू कसरी ठूला अव्यवस्थामा बदलिन्छन् भन्ने दृश्यहरूले नाटक अगाडि बढ्छ। कलाकारहरूले संवाद बिर्सिन्छन्, एकअर्कासँग तालमेल बिग्रिन्छ, मञ्चका सामग्री बिग्रिन्छन्त र यिनै कमजोरीहरू नै दर्शकका लागि मुख्य मनोरञ्जन बन्छन्।
बेलायती समूह ‘मिस्चिफ थिएटरका हेनरी लुइस,जोनाथन सायर र हेनरी शिल्ड्स को हास्य शैलीबाट प्रभावित यो नाटकलाई अनुप न्यौपाने र उमेश तामाङले नेपाली परिवेशमा ढालेका हुन्। निर्देशन पनि तामाङकै रहेको छ।
‘नाटकभित्रको नाटक’ शैलीमा बनेको यस प्रस्तुतिले एउटा फरक सन्देश दिन्छ। मञ्चमा देखिने त्रुटि र संघर्ष पनि कलाकै हिस्सा हुन्। पूर्णता होइन, अपूर्णतामै पनि सौन्दर्य हुन्छ भन्ने भाव नाटकले सरल तरिकाले देखाउँछ।
नाटकमा अनुप न्यौपानेसँगै मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत, रक्षा थापा, सन्तोष गिरी, श्रीशेष श्रेष्ठ, अमिर ताम्राकार, सुजन घिमिरे, बलबहादुर राई र राजाबाबु कार्कीले अभिनय गरेका छन्।
जेठ ३ गतेसम्म चल्ने यो नाटक करिब १ घण्टा ३० मिनेट लामो छ। सोमबारबाहेक हरेक साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो सहित मञ्चन भइरहेको छ।







-
Auto2 weeks agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat4 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
entertainment4 weeks agoशोले निर्माण कथा निफमा
-
Art3 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Auto2 weeks agoयामाहाको विरासतदेखि हाइब्रिडसम्म ब्लू फेस्ट (भिडियो)
-
Auto2 weeks agoविश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उवर नेपाल आउँदै
-
Feature4 weeks agoभक्तपुर दरबार स्क्वायर
-
Offbeat4 weeks agoगुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति

