Connect with us

lifestyle

चिटिक्क चक्रपथ (तस्विरहरु)

Published

on

चक्रपथको कोटेश्वर-कलंकी सडक छेउछाउमा लगाइएका बोटबिरूवा अहिले हुर्केको छ।

फराकिला सडक। डिभाइडर र छेउमा हुर्किएका बोटबिरूवाले सडकको सौन्दर्य चित्ताकर्षक बनाएको छ। 

केही ठाउँमा फुलेका रंगीचंगी फूलहरूले यसको सुन्दरतमा अझै मलजल गरेको देखिन्छ। 

भुइँमा दुबोको हरियालीले सडकलाई थप आकर्षक देखाएको छ। यो सडकखण्ड भएर यात्रा गर्दा  शान्ति र आनन्दको अनुभूति हुन्छ।

करिब १०.२ किलोमिटर लामो कोटेश्वरदेखि कलंकीसम्मको यस खण्डमा वृक्षरोपण र मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी एनसेलले लिएको थियो।

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्त्व (सिएसआर) अन्तर्गत यहाँ हरियाली बनाएको हो।

ललितपुर रिङरोडको सानेपा, एकान्तकुना, सातदोबाटो, बल्खु लगायतका क्षेत्रमा पर्ने यो हरियाली सडकखण्डले सहरी सौन्दर्यलाई अझ बढाएको छ। 

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Feature

काठमाडौं उपत्यकामा वायु प्रदूषण

Published

on

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ।

अहिले यहाँको वायु गुणस्तर सूचकांक १८० देखि १९० भन्दा माथि पुगेको छ, जुन ‘अस्वस्थ’ स्तर हो।

आइक्यु एयरका अनुसार बुधबार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। यहाँको एक्युआई २५५ पुगेको छ।

प्रदूषण बढेसँगै आकाश धुम्म देखिएको छ, र हावामा धुलो र धुवाँ धेरै भएको छ।

स्वास्थ्य विज्ञहरूले विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई सतर्क रहन आग्रह गरेका छन्।

आवश्यक नपरेसम्म बाहिर ननिस्कन, मास्क लगाउन र बाहिर व्यायाम नगर्न सुझाव दिइएको छ।

Continue Reading

Feature

आशिमाला प्लान्ट्स: प्रकृति र संस्कृतिको संगम

Published

on

राजधानी काठमाडौँ शहरबाट नजिकै, रिङ्गरोड छोडेर करिव २ किलोमिटर टाढा, हरियाली र थरीथरीका फुलहरुले भरिएको शान्त वातावरणमा छ ‘आशिमाला प्लान्ट्स’।

प्रकृति प्रेमीहरूका लागि बोटबिरुवा, अर्गानिक जीवनशैली र रैथाने संस्कृतिलाई एउटै थलोमा जोड्ने प्रयासस्वरूप चेली गुरुङले यसलाई स्थापना गरेकी हुन्।

परिवारको साथ र सहयोगमा सुरु गरिएको ‘आशिमाला’ नाम आफैंमा अर्थपूर्ण छ। गुरुङ भाषामा ‘आशिमाला’ लाई शुभ वा शुभकामनाको रुपमा लिइन्छ। यही भावनालाई आत्मसात गर्दै चेलीले बोटबिरुवामार्फत मानिसलाई प्रकृतिसँग जोड्ने लक्ष्य राखेकी छन्।

‘आशिमाला प्लान्ट्स’मा विभिन्न प्रकारका फूल फुल्ने तथा नफुल्ने (अर्नामेन्टल) बिरुवाहरू, साथै सकुलेन्ट प्रजातिका आकर्षक बिरुवाहरू उपलब्ध छन्। धेरैजसो बिरुवाहरू यहीँ उत्पादन गरिन्छ भने केही बाहिरबाट ल्याएर पनि बिक्री–वितरण गरिन्छ। गमला र आवश्यक सामग्रीसमेत एउटै ठाउँमा पाइने भएकाले यो स्थान बगैँचा र इनडोर प्लान्टप्रेमीहरूका लागि सहज गन्तव्य बन्दै गएको छ।

बोटबिरुवामै सीमित नरही, चेलीले ‘चेलीको चिया’मार्फत खानपान र संस्कृतिलाई पनि जोड्ने प्रयास गरेकी छन्। यहाँ गुरुङ समुदायका रैथाने परिकारहरूलाई प्राथमिकता दिइन्छ। चामलको जाँड ‘कोँइपा’, कोदोबाट बनाइने ‘नारेपा’ लगायतका परम्परागत पेय पदार्थ, साथै घिउमा तयार गरिने सेलरोटी यहाँका विशेष आकर्षण हुन्। सँगसँगै शाकाहारी र मांसाहारी परिकार, खाजा सेट र हल्का पेय पदार्थहरू पनि उपलब्ध छन्।

चेली गुरुङ यसअघि लामो समय सामाजिक क्षेत्रमा सक्रिय थिइन्। उनले करिब एक दशक लैंगिक समानता र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा काम गरेकी अनुभव छ। त्यही अनुभवका बीचमा उनले आत्मशान्तिको खोज गर्दै प्रकृतिसँग नजिकिने बाटो रोजिन्, जसको परिणाम आज ‘आशिमाला प्लान्ट्स’को रूपमा देखिएको छ।

उनी भन्छिन्, बोटबिरुवाले मानिसलाई शान्त राख्न र सकारात्मक ऊर्जा दिन महत्त्वपूर्ण भूमिका खेल्छ। यही सन्देश फैलाउन आफूले यो प्रयास सुरु गरेको उनको भनाइ छ।

Continue Reading

Feature

बल्खु चोक: सडक, बजार र शिक्षाको केन्द्र

Published

on

काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बल्खु चोक ऐतिहासिक महत्व बोकेको प्रमुख यातायात केन्द्रका रूपमा परिचित छ।

‘बल्खु’ नामको उत्पत्तिबारे विभिन्न जनश्रुति पाइन्छन्। कतिपयका अनुसार हिमाली भेगका मानिसले लगाउने ‘बख्खु’ शब्दबाट अपभ्रंश भई ‘बल्खु’ बनेको हो भने, नजिकै बग्ने बल्खु खोलाका कारण पनि यो नाम रहन गएको मानिन्छ। लिच्छविकालमै यो क्षेत्र महत्वपूर्ण सुरक्षा विन्दु र व्यापारिक केन्द्रका रूपमा विकसित भएको इतिहास छ।

हाल बल्खु चोकबाट चक्रपथ हुँदै कलङ्की, एकान्तकुना र कोटेश्वर पुग्न सकिन्छ भने बल्खु–दक्षिणकाली सडकमार्फत चोभार, फर्पिङ हुँदै दक्षिणकाली मन्दिरसम्म जोडिन्छ। यस्तै, यहाँबाट कीर्तिपुर र त्रिभुवन विश्वविद्यालय क्षेत्र पनि सजिलै पुगिन्छ।

आज बल्खु चोक देशकै ठूलो तरकारी तथा फलफूल बजार र त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका कारण अत्यन्त व्यस्त केन्द्र बनेको छ।

बल्खु चोक र यस वरपरको क्षेत्रको ड्रोन फोटो हेरौं-

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com