Connect with us

Auto

तस्विरमा हेर्नुहोस् अटो बजारमा चर्चा पाएको एमजी एस सिक्स

Published

on

नेपालमा हालै सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस सिक्स’ ले आधुनिक प्रविधि, लक्जरी फिचर र शक्तिशाली परफर्मेन्सका कारण अटो बजारमा चर्चा बटुल्न थालेको छ।

नक्सालस्थित एमजीको शोरुममा गरिएको अवलोकनका क्रममा कम्पनीका प्रतिनिधि शिरीष उपाध्यायका अनुसार ११ मे २०२६ मा नेपालमा लन्च गरिएको यो फुल साइज इलेक्ट्रिक एसयूभीमा १२४ लिटरको फ्रन्ट स्टोरेज (फ्रन्क), एक्टिभ एअर इन्टेक, एडास सेन्सर, रेन सेन्सिङ वाइपर तथा २० इन्चका टायर जस्ता फिचर समावेश गरिएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९५ एमएम रहेको छ।

गाडीको साइड प्रोफाइलमा एक्स पावर ब्याजिङ, हिटेड साइड मिरर, ३६० डिग्री क्यामरा, रिक्वेस्ट सेन्सर र प्राइभेसी ग्लास दिइएको छ। पछाडितर्फ ५८१ लिटरको इलेक्ट्रिक बुट स्पेस उपलब्ध छ भने फुट सेन्सरबाट पनि बुट खोल्न सकिने सुविधा रहेको छ।

एमजी एस सिक्समा सीसीएस टाइप–२ चार्जिङ पोर्ट रहेको छ। एसी चार्जिङमा ७ किलोवाटसम्म सपोर्ट गर्ने यो गाडीले १४४ किलोवाटको डीसी फास्ट चार्जरमार्फत करिब ३८ मिनेटमै फुल चार्ज लिन सक्ने कम्पनीको दाबी छ।

रियर ह्विल ड्राइभ सिस्टम भएको यस गाडीमा १८० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ५३० किलोमिटरसम्म रेन्ज दिन्छ।

इन्टेरियरतर्फ हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, वायरलेस चार्जिङ, डुअल जोन क्लाइमेट कन्ट्रोल, हेडअप डिस्प्ले, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, ११ स्पिकर अडियो सिस्टम र विभिन्न स्मार्ट कनेक्टिभिटी फिचर समावेश गरिएको छ।

कम्पनीले तीन वर्षसम्म इन्टरनेट डाटा सुविधा पनि उपलब्ध गराएको छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Auto

सिजी मोटर्सको महामेला एक्सचेन्ज कार्निभल

Published

on

काठमाडौंमा सिजी मोटर्सले ‘महामेला एक्सचेन्ज कार्निभल’ सुरु गर्दै विद्युतीय सवारीसाधन खरिदलाई लक्षित आकर्षक अफर सार्वजनिक गरेको छ।

सिजी मोटर्सकी एजीएम सेल्स म्यानेजर कन्चन सिलवालका अनुसार यो विशेष योजना अन्तर्गत ग्राहकले न्यून डाउनपेमेन्टमै विभिन्न ईभी गाडी खरिद गर्न सक्नेछन्।

उनका अनुसार रिडारा गाडी केवल ९.९९ प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गरिएको छ भने करिब १० लाख रुपैयाँमै ग्राहकले रिडारा घर लैजान सक्नेछन्। त्यसैगरी डायुन गाडी ४ लाख रुपैयाँ डाउनपेमेन्टमै खरिद गर्न सकिने व्यवस्था गरिएको छ। कम्पनीले दुई वर्षसम्मको आर्थिक वर्ष करसमेत निःशुल्क उपलब्ध गराउने जनाएको छ।

एक्सचेन्ज कार्निभल भएकाले कुनै पनि ब्राण्डका पुराना गाडी ल्याएर रिडारा, डायुन, नेटा, किङलङ, एक्सप्याङ, आयोनिक लगायतका नयाँ गाडी साट्न सकिने कम्पनीले जनाएको छ। कार्यक्रममा ग्राहकलाई सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ।

सिजी मोटर्सले नबिल बैंक र ग्लोबल बैंकसँग सहकार्य गरेर अटो लोन सुविधा प्रदान गरिरहेको जनाएको छ। आवश्यक कागजात लिएर आएका ग्राहकलाई छिटो र सहज रूपमा फाइनान्स प्रक्रिया पूरा गरिने कम्पनीको भनाइ छ।

आजदेखि सुरु भएको यो ‘महामेला एक्सचेन्ज कार्निभल’ ६ दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा हिरो मोटरसाइकलसहित सिजी मोटर्स अन्तर्गतका विभिन्न ब्राण्डका सवारीसाधन पनि समावेश गरिएको छ।

Continue Reading

Auto

भृकुटीमण्डपमा सुरु भयो हिरो ‘अपग्रेड जात्रा

Published

on

काठमाडौंको भृकुटीमण्डपमा हिरो ब्रान्डको ‘अपग्रेड जात्रा’ सुरु भएको छ।

जेठ ११ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ।

हिरो सेल्स प्रतिनिधि सूर्य ओझाका अनुसार कार्यक्रममा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी हिरोका नयाँ बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन्। पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कनका लागि ३० भन्दा बढी रिकन्डिसन हाउसको सहभागिता रहेको बताइएको छ।

कार्यक्रममा एक्सचेन्ज गर्ने तथा नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकलाई ६ हजारदेखि १ लाख रुपैयाँसम्मको डिजिटल स्क्र्याच कुपन उपलब्ध गराइनेछ। कम्पनीले एक्सचेन्ज नगरी नयाँ सवारी खरिद गर्ने ग्राहकलाई पनि उक्त सुविधा दिने जनाएको छ।

हिरोका मोटरसाइकल तथा स्कुटरहरू २ लाख ३७ हजार ९ सय रुपैयाँको स्प्लेन्डर प्लसदेखि ५ लाख २३ हजार ९ सय रुपैयाँसम्मको एक्सपल्स प्रो मोडलमा उपलब्ध रहेका छन्। कम्पनीका अनुसार सुपर स्प्लेन्डर र स्प्लेन्डर प्लस उच्च माइलेज दिने मोटरसाइकलका रूपमा लोकप्रिय छन्।

त्यस्तै, स्टाइलिस डिजाइन चाहने ग्राहकका लागि एक्स्ट्रीम १२५ र एक्स्ट्रीम १६० मोडल उपलब्ध छन् भने अफरोड तथा अनरोड दुवै प्रयोजनका लागि एक्सपल्स सिरिज उपयुक्त रहेको कम्पनीले जनाएको छ। स्कुटरतर्फ जुम ११० र जुम १२५ सीसीका मोडलहरू पनि प्रदर्शनमा राखिएका छन्।

कार्यक्रम अवधिभर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई हेल्मेट, बाइक कभर र रेनकोटजस्ता एसेसरिज पनि निःशुल्क उपलब्ध गराइनेछ। साथै फाइनान्स सुविधा र नागरिकताको आधारमा सहज डकुमेन्टेसनमार्फत मोटरसाइकल उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Continue Reading

Auto

फोनबाटै लक गर्न मिल्ने ‘चेतक कस्तो छ ?(भिडियो)

Published

on

भारतको चर्चित दुईपांग्रे ब्रान्ड बजाज अटो अन्तर्गतको इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपाली बजारमा ग्राहकको आकर्षण बन्दै गएको छ। गत वर्ष आयोजित नाईमा अटो शोमा सार्वजनिक गरिएको चेतक स्कुटर अहिले शोरुममार्फत बिक्री भइरहेको छ।

चेतक शोरुममा कार्यरत सिनियर सेल्स अफिसर अनिषा महर्जनका अनुसार हाल नेपाली बजारमा ‘३५०१’ भेरियन्ट उपलब्ध रहेको छ। उक्त स्कुटर पाँच फरक कलर अप्सन—हेजलनट, स्कार्लेट रेड, ब्रुकलिन ब्ल्याक, पिस्ता ग्रीन र इन्डिगो ब्लुमा उपलब्ध रहेको उनले जानकारी दिइन्।

उनका अनुसार स्कुटरमा ३.५८ किलोवाट आवर ब्याट्री क्यापासिटी, ४ किलोवाट मोटर पावर तथा ४.५ किलोवाट पिक पावर रहेको छ। स्कुटरमा पूर्ण मेटल बडी प्रयोग गरिएको छ भने ५ इन्चको टचस्क्रिन डिस्प्ले उपलब्ध छ।

चेतकमा ‘एफओबी कि’ आधारित की-लेस सिस्टम राखिएको छ। स्कुटर नजिक पुग्नेबित्तिकै सेन्सरमार्फत स्वतः अन हुने सुविधा दिइएको कम्पनीले जनाएको छ। साथै टचस्क्रिनमार्फत नेभिगेसन मिररिङ, फोन रिसिभ तथा कट गर्ने, गीत परिवर्तन गर्ने लगायतका स्मार्ट फिचर पनि उपलब्ध छन्।

स्कुटरमा इको र स्पोर्ट गरी दुईवटा राइडिङ मोड, रिभर्स मोड तथा अटो कट-अफ सिस्टमसहितको साइड लाइट सुविधा दिइएको छ। ३५ लिटरको बुट स्पेस, प्रिमियम सिट, अन-बोर्ड चार्जर र पोर्टेबल चार्जिङ अड्याप्टरले प्रयोगकर्तालाई थप सहजता दिने बताइएको छ।

त्यस्तै फ्रन्ट कम्पार्टमेन्टमा फोन होल्डर, मोबाइल चार्जिङ पोर्ट, ग्लोभ्स तथा डकुमेन्ट राख्न सकिने सुविधा समेत रहेको छ। स्कुटरसँग मोबाइल एप कनेक्टिभिटी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। एपमार्फत जीपीएस ट्र्याकिङ, जियो-फेन्सिङ, हाई-स्पिड अलर्ट, स्पिड लक तथा एन्टी-थेफ्ट रिमोट इमोबिलाइजेसन जस्ता स्मार्ट सुरक्षा फिचर प्रयोग गर्न सकिनेछ।

कम्पनीका अनुसार बजाजका आधिकारिक डिलरमार्फत स्कुटर खरिदसँगै सर्भिस र स्पेयर पार्ट्स सुविधा पनि उपलब्ध हुनेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com