Feature

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदै

सूर्य अस्ताउँदा पनि पूजा हुन्छ, उदाउँदा पनि। यही आस्थाका साथ आज छठ पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

काठमाडौंका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, नागपोखरीलगायत स्थानमा सजाइएका घाटमा श्रद्धालुहरूको भीड लागेको छ। व्रतालुहरूले नदी, पोखरी तथा तलाउमा उभिएर सूर्य र छठी माताको पूजा गर्दै परिवारको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

चार दिनसम्म मनाइने छठको पहिलो दिनदेखि नै विभिन्न विधि र परम्परा सुरु हुन्छन्। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बसेर भजनकीर्तन र छठका लोकगीत गाउँछन्।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व सम्पन्न हुनेछ।

Facebook Comments