Feature
नेपाल–भारत बिजनेस राउन्डटेबल’ सुरु
- November 22, 2026
- 12 पटक पढिएको
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमण आइतबार साँझदेखि नयाँदिल्लीमा सुरु भएको छ।
भ्रमणका क्रममा नेपाल र भारतका निजी क्षेत्रबीच व्यापार, लगानी तथा आर्थिक साझेदारी विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय संवाद आयोजना गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र भारतीय उद्योग परिसङ्घ (सीआईआई) को नेतृत्वमा भइरहेको कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादसमेत सहभागी छन्।
संवादमा दुई देशबीच आर्थिक सहकार्य र लगानीका सम्भावना विस्तार गर्ने विषयमा छलफल भइरहेको छ।
तस्बिर:प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी










