News
कालीमाटी बजारमा बढ्न थाल्यो सुन्तलाको कारोबार
- November 24, 2026
- 7 पटक पढिएको
सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा यसको कारोबार बढ्न थालेको छ। बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन्।
कालीमाटी बजारमा गोरखा, तनहुँ, स्याङ्जा र कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेको हो। अहिले बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ।
व्यापारीका अनुसार हाल पाँच किलो (एक ढक) सुन्तलाको मूल्य ३५० देखि ६०० रुपैयाँसम्म रहेको छ। ठूला आकारका र गुणस्तरीय सुन्तलाको मूल्य तुलनात्मक रूपमा बढी छ।
सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको उपलब्धता बढ्दै गएको छ। आगामी दिनमा थप जिल्लाबाट सुन्तला भित्रिने र आपूर्ति बढेसँगै कारोबार पनि विस्तार हुने व्यापारीहरूको अपेक्षा छ।






