Feature
घलेगाउँमा अर्घुम संस्कारका क्रममा प्रस्तुत गरिँदै गुरुङ समुदायको ‘प्ला सेबा’ नाच
गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) घलेगाउँमा प्रदर्शन गरिएको छ।
लमजुङको क्होंलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका स्थानीयले परम्परागत विधि र संस्कारअनुसार उक्त नाच प्रस्तुत गरेका हुन्।
गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको प्ला सेबा नाच अर्घुम संस्कारको महत्वपूर्ण पक्ष मानिन्छ। यस नाचले मृतकप्रति श्रद्धा व्यक्त गर्नुका साथै समुदायको सांस्कृतिक परम्परा र पहिचानलाई समेत झल्काउँछ।





तस्बिर: नेपाल फोटो लाइब्रेरी
