entertainment
The wait is over, “Ichchha” releases on Falgun 8
“Ichchha” is an upcoming Nepali film directed by the debutant director Munal Ghimire under PLM Films. Ghimire has already worked as a producer before for “Aafno Manche Aafnai Huncha” and “Shreemaan Shreemati”. Initially, the release date for the film was 2nd of Magh but due to strikes and bandhs the release date was postponed. And now the film is all set to hit the cinema halls on 8th of Falgun. On the very day, Aryan Sigdel starrer “Aaweg” and “Mala” are also upcoming Nepali films that will hit the cinema halls. The film “Ichchha” features Dayahang Rai, Subash Thapa, Deepshikha Shahi, Om Pratik, Aayushma Karki and more. The film is produced by Prakash Ghimire/Nabin Shrestha/Lakshman Paudel while Roshan Shrestha is the action director and Gambhir Bista has done the choreography.
entertainment
झिलिमिली सडक
स्ट्रीटनेपाल
कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारीसम्मको सडक रातको समयमा झिलिमिली देखिन थालेको छ।
बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो।
बल्खुदेखि बालकुमारीसम्मको ७.९ किलोमिटर सडकखण्डमा सडक बत्ती जडान भएपछि रातको समयमा सडक झलमल्ल उज्यालो भएको छ। यसले पैदलयात्री तथा सवारी चालकलाई आवतजावतमा सहज भएको छ।
सडक बत्ती सञ्चालनमा आएपछि रातको समयमा सडकको सुन्दरता हेर्न तथा फोटो खिच्न आउने मानिसहरूको संख्या पनि बढेको देखिन्छ।
सडक बत्तीले रातको समयमा हुने दुर्घटना न्यूनीकरणसँगै सडक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।







entertainment
ललितपुरको पर्यटनमा पिम्बहाल पोखरी
स्ट्रिटनेपाल
ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो।
पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य आकर्षणको केन्द्र हो।
मल्लकालीन समयमा बनेको यो पोखरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको लागि महत्वपूर्ण धार्मिकस्थल समेत रहेको छ।
केही समयअघि गरिएको पुनर्निर्माण पश्चात यो पोखरी झनै आकर्षक देखिएको छ।







entertainment
विश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
स्ट्रिटनेपाल
१८७औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा काठमाडौंमा ‘सुन्दर बंगलादेश ’ फोटो प्रदर्शनी सम्पन्न भएको छ।
काठमाडौं दरबार क्षेत्रको वसन्तपुरमा आयोजित प्रदर्शनीमा बंगलादेशका फोटो पत्रकारहरूले क्यामेरामा कैद गरेका प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, कला, जनजीवन तथा दैनिक जीवनसँग सम्बन्धित विभिन्न तस्बिर प्रदर्शन गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको २१ वर्ष लामो मित्रता र सम्बन्धलाई फोटोग्राफीमार्फत थप सुदृढ बनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो।
उहाँले फोटोग्राफी शब्दभन्दा शक्तिशाली विश्वव्यापी भाषा भएको उल्लेख गर्दै एउटा उत्कृष्ट तस्बिरले मानिस, समाज, संस्कृति र देशलाई एकअर्कासँग जोड्न सक्ने बताउनुभयो। फोटोग्राफीमार्फत दुई देशबीचको पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बंगलादेशका राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको भाइचारा तथा सहकार्यले दुई देशबीचको आपसी सम्बन्ध र मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो।
बंगलादेशबाट बीपीजेएका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा १२ जना फोटो पत्रकार नेपाल आएका छन्। कार्यक्रममा अध्यक्ष मोहसिनसहित बंगलादेशी फोटो पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै बीपीजेएका अध्यक्ष ए.के.एम. मोहसिनले नेपालमा पाँचदिने भ्रमणका क्रममा बंगलादेशका तस्बिर प्रदर्शनी गर्न पाउँदा आफूहरू अत्यन्त खुसी भएको बताउनुभयो। नेपालका फोटो पत्रकारसँग अनुभव आदानप्रदान तथा दुई देशका फोटो पत्रकारबीचको सम्बन्ध विस्तारका लागि भ्रमण महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक सुनील शर्माले नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको यस्तो सहकार्यले दुई देशबीच पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। तस्बिरका माध्यमबाट बंगलादेशका पर्यटकीय गन्तव्य तथा सांस्कृतिक पहिचानलाई नेपालमा चिनाउने अवसर प्राप्त भएको उहाँले बताउनुभयो।
प्रदर्शनी अवलोकन गर्न सर्वसाधारण, सञ्चारकर्मी, फोटो पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनीमा राखिएका बंगलादेशका प्राकृतिक तथा सांस्कृतिक दृश्यले दर्शकको ध्यान आकर्षित गरेको आयोजकले जनाएको छ।
विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित प्रदर्शनीले नेपाल र बंगलादेशका फोटो पत्रकारबीच अनुभव आदानप्रदान, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विस्तार तथा दृश्य पत्रकारितामार्फत आपसी मित्रता सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
नेपाल–बंगलादेशबीचको जनस्तरको सम्बन्धलाई फोटोग्राफीमार्फत थप बलियो बनाउँदै आगामी दिनमा समेत यस्ता संयुक्त कार्यक्रमलाई निरन्तरता दिने आयोजक संस्थाले जनाएको छ।











-
Feature4 weeks agoनागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन
-
Art4 weeks agoकौशी थिएटरमा प्रेमकथा ‘जोलिन्’
-
entertainment3 weeks agoसुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
-
entertainment3 weeks agoदीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६
-
entertainment3 weeks agoऐतिहासिक धरोहर रानीपोखरी ३६० डिग्री एरियल दृश्यमा
-
entertainment3 weeks agoमञ्चमा मिस मेनुका
-
entertainment3 weeks agoकाठमाडौँको ऐतिहासिक र आधुनिक पहिचान दरबारमार्ग
-
entertainment3 weeks agoब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन



You must be logged in to post a comment Login