Feature

एनपीएल शुरु, लुम्बिनीको विजयी सुरुवात[तस्विर]

avatar
Street Nepal

An editor at streetnepal


  • October 26, 2026
  • 12 पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उद्घाटन समारोहपछि प्रतियोगिताको पहिलो खेल सुरु भएको थियो।

उद्घाटन खेल हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। १२ हजार दर्शक क्षमताको मैदानमा हुने खेलका टिकट बिक्री सुरु भएको आधा घण्टामै सकिएका थिए।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

आठ टोली सहभागी प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।

default
default
default
default
default
default
default

Facebook Comments