Connect with us

entertainment

Yo maya ta ho ni by Yangji Gurung ft. Dipak Limbu

Published

on

“Yo maya ta ho ni” is a song by Yangji Gurung and Dipak Limbu and written by Shivraj Gurung. The video contains the elements of pop music and its lyrics speak of the love. The song’s accompanying music video was directed by Shivraj Gurung and shot in different places of Kathmandu by Nabin Gurung. It features a time travel, which would explain how two complete strangers end up together in the end.

entertainment

काठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’

Published

on

काठमाडौँ उपत्यकाका प्रमुख जात्रा, पर्व र सांस्कृतिक समारोहमा देखिने ‘गुर्जु पल्टन’ नेपाली सेनाको करिब ३०० वर्ष पुरानो परम्परागत गुल्म हो। राष्ट्रिय एकीकरणका क्रममा पृथ्वीनारायण शाहले गोरखाबाट ल्याएको शार्दूल जंग गुल्म नै पछि गुर्जु पल्टनका रूपमा परिचित भएको मानिन्छ।

वि.सं. १९०४ तिर तत्कालीन बडागुरुज्यू विजयराज पाण्डेको सुरक्षामा खटिएपछि सर्वसाधारणले यसलाई ‘गुरुज्यूको पल्टन’ भन्न थालेका थिए। यही नाम समयसँगै अपभ्रंश हुँदै ‘गुर्जु पल्टन’ बनेको इतिहासमा उल्लेख छ।

गुर्जु पल्टनका सैनिकहरू कालो दौरा–सुरुवाल, सेतो बेल्ट र पहेँलो मोजासहितको विशिष्ट पोसाकमा सजिन्छन्। उनीहरूले आज पनि परम्परागत भरुवा बन्दुक बोकेर विभिन्न समारोहमा सलामी दिने गर्छन्।

इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ रथयात्रा, भोटो जात्रा, सेतो मच्छिन्द्रनाथ जात्रा तथा दशैँको फूलपाती भित्र्याउने समारोहलगायत उपत्यकाका प्रमुख सांस्कृतिक पर्वमा गुर्जु पल्टनको उपस्थिति अनिवार्यजस्तै मानिन्छ। जात्राका क्रममा यस पल्टनले परम्परागत धुन बजाउने र औपचारिक सलामी दिने कार्यसमेत गर्छ।

एक समय उपत्यकामा गोरखाली सेनाको प्रतीकका रूपमा चिनिएको गुर्जु पल्टन आज भने नेपाली सेना, इतिहास र काठमाडौँको जीवित सांस्कृतिक सम्पदाबीचको महत्वपूर्ण सेतुका रूपमा स्थापित भएको छ।

Continue Reading

Art

द टेस्ट अफ सेलरोटी

Published

on

कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।

मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकाङ्क्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।

नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।

मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।

नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।

नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।

नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।

Continue Reading

entertainment

नेपालकै पहिलो आर्क व्रिज

Published

on

काठमाडौँको बिजुलीबजारमा धोबीखोलामाथि निर्माण गरिएको नेटवर्क आर्क ब्रिज नेपालकै पहिलो यस्तो प्रकारको पुल हो।

आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी निर्माण गरिएको यस पुलले बिजुलीबजार, माइतीघर र तीनकुने क्षेत्रबीचको आवागमनलाई थप सहज बनाएको छ।

करिब ५१ मिटर लामो र १२ मिटर चौडा यो पुलमा स्टिल आर्च र जालोझैँ जोडिएका केबलहरूको प्रयोग गरिएको छ। यही विशेष संरचनाका कारण यसलाई नेटवर्क आर्क ब्रिज भनिन्छ। पुलको डिजाइनले भार वहन क्षमता बढाउनुका साथै सौन्दर्यसमेत थपेको छ।

यो आर्क व्रिज संगै रोपिएका बोटविरुवाले यहाँको सौन्दर्य अझै बढाएको छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको यो पुल सञ्चालनमा आएपछि उक्त क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ।

विशेषगरी रातिको समयमा आकर्षक प्रकाश व्यवस्थासहित देखिने यो पुल अहिले काठमाडौँका चर्चित स्थलमध्ये एक बनेको छ।

आधुनिक प्रविधि र आकर्षक संरचनाका कारण बिजुलीबजारको नेटवर्क आर्च ब्रिजलाई नेपालको पूर्वाधार विकासको एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिन्छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com