Feature
A portrayal of human fathomless struggle “KAAYA”

When materialistic comes together with cruel ambition, all the human values will destroy and crushed into many pieces. Then there will remain only covers of fake human civilization. The story Kaaya is written and directed by Dipesh Paudel. Story is about a remarkable, fathomless struggle, ups and downs of one which mixed up with much materialistic or non materialistic complexity. Though it’s an imaginary story but with the hard and lively work by artist Kaushal Pandit, raaj Khanal, Shyam Khadka, Shishir Shiwakoti, Sadhana Bhandari and Sugandha Suvedi writer tried to portray real human civilization emotion naturally. Kaaya is stagging at Sarvanaam theater Kalikasthan.
Feature
डल्ले खोला

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ।
नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा निर्देशन गरेकी छिन्।
यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको कथा हो।
नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।
‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’













#डल्लेखोला #DalleKhola #शिल्पीथिएटर #NepaliTheatre #TheatreForChange #नदीकोकथा #NepaliDrama #ParshuPradhan #VedanaRai #नाटक #सामाजिकसन्देश #EnvironmentAwareness #विकासविरोधीभ्रष्टाचार #SaveOurRivers #कला_द्वारा_सचेतना
entertainment
सदाबहार चार्मका धनि अभिनेता आर्यन सिग्देल

काठमाडौं, नेपाल – नेपाली सिनेमाका चर्चित अनुहार आर्यन सिग्देल आफ्नो स्वभाविक अभिनय र आकर्षक रूपका लागि परिचित छन्। रोमान्टिक नायकको छवि बनाएका सिग्देलले नेपाली फिल्म उद्योगमा बलियो उपस्थिति जनाएका छन्।
उनले सन् २००७ मा चलचित्र किस्मतबाट रेखा थापासँगै डेब्यु गरेका थिए। यद्यपि, उनको अभिनय यात्रामा ठूलो मोड सन् २००९ मा आयो जब उनले ‘मेरो एउटा साथी छ’ मा एक बिग्रिएको राणा खानदानको छोराको प्रभावशाली भूमिका निभाए। यो चलचित्रले उनलाई स्टारडमको उचाइमा पुर्यायो।
सन् २०१० मा रिलिज भएका ‘हिफाजत’, ‘फर्स्ट लभ’, र ‘द फ्ल्यासब्याक (फर्केर हेर्दा)’ जस्ता चलचित्रहरूले बक्स अफिसमा ठूलो सफलता प्राप्त गर्दै आर्यनलाई नेपाली सिनेमाको अग्रणी नायकको रूपमा स्थापित गरे।
हाल आर्यन अभिनित चलचित्र ‘महाभोज’ र ‘के घर के डेराः घर नं २’ प्रदर्शन भइरहेका छन्। उनी अहिले पनि विभिन्न नयाँ चलचित्रका प्रोजेक्टहरूमा सक्रिय छन्, जसले नेपाली दर्शकमाझ उनको लोकप्रियता कायमै रहेको पुष्टि गर्छ।



Feature
युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा

राष्ट्रपति ट्रम्पको निर्णयपछि अमेरिकी सहयोग नियोग (युएसएड) का कार्यक्रमहरू बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुक्खा बन्दरगाहमा थन्किएका छन्।
यी सवारीसाधन प्रतिगाडी प्रतिदिन एकसय को दरले बन्दरगाहमा राखिएका छन्।
युएसएडले नेपालमा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा काम गरे पनि पछिल्लो समय धर्म परिवर्तन र राजनीतिक दाउपेचमा पनि पैसा खर्च गरेको सार्वजनिक भएको थियो। अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गर्ने निर्णय गरेका थिए।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।






-
lifestyle3 weeks ago
भोटो कसको ?
-
Feature1 day ago
डल्ले खोला
-
lifestyle4 days ago
गुरुङ जातीको एउटा मौलिक परम्परा
-
entertainment1 week ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
Feature4 weeks ago
कलाकारिता यात्रामा लागेकी जोनिशा
-
Offbeat6 days ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन
-
Video2 weeks ago
नागढुंगा सुरुङ (भिडियो)
-
Feature2 weeks ago
युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा