News
AAROP

People make different decisions in different time, situation and periphery. Drama ‘Aarop’ blame by Bikahs Joshi is also about how one got blamed by other over one decision. Aana Deuja, Sandeep shrestha, Parikchhya Lamichhane ,Peter Prince And Suraj Shrestha are the artist acting in ‘Aarop’. ‘Aarop’ is being staged at Mandala Theater everyday at 5:15 pm (except on Mondays) and two shows on Saturday at 1 PM and 5:15 PM till 2nd of Asoj.











News
खुलामञ्चमा ‘प्रेयर्स फर पिस’
काठमाडौंको खुलामञ्चमा रसुवाको भोटेकोशी हुँदै आएको आकस्मिक बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झना र सम्मानमा ‘प्रेयर्स फर पिस’ कार्यक्रम आयोजना गरिएको छ।
विनाशकारी बाढी आएको ४९ औँ दिनको अवसरमा बुधबार आयोजित कार्यक्रममा दीप प्रज्वलन गरी मृतक तथा बेपत्ता नागरिकहरूको सम्झनामा प्रार्थना गरिएको हो।
आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानवसेवा आश्रमको सहआयोजनामा भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाको पनि साथ रहेको थियो।
कार्यक्रममा कलाकार, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो।








News
बजारमा चहलपहल
दसैं नजिकिँदै गर्दा काठमाडौंको असन र न्युरोड बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ। नयाँ लुगा, जुत्ता, खाद्यान्न, मसला र पूजाका सामग्री किन्न ग्राहकहरू बजार पुग्न थालेका छन्।
दसैंमा परिवारका सदस्यका लागि नयाँ लत्ताकपडा र घरायसी सामग्री किन्ने परम्पराले असन बजारमा रौनक थपेको छ। चाडपर्वका लागि आवश्यक सामग्री खरिद गर्न आउने ग्राहक बढेसँगै पसलहरूमा पनि व्यस्तता बढेको छ।
काठमाडौंको पुरानो व्यापारिक केन्द्र असनमा दसैंको समयमा विशेष चहलपहल देखिने गर्छ। यस वर्ष पनि दसैं नजिकिएसँगै बजारमा किनमेलको माहोल तात्न थालेको छ।






Fashion
सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को उपाधि
नेपालकी २२ वर्षीया सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वेलनेस वर्ल्ड २०२६’ को मुख्य उपाधि जितेकी छन्। थाइल्यान्डको बैंककस्थित क्यालिप्सो क्याबरेमा सेप्टेम्बर २७ मा सम्पन्न प्रतियोगितामा उनले विश्वभरका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।
‘ब्युटी विथ वेलनेस’ नारासहित आयोजित प्रतियोगितामा २५ भन्दा बढी देशका सुन्दरी सहभागी थिए। प्रतियोगिताको शीर्ष पाँचमा नेपालसहित क्यानडा, स्विट्जरल्यान्ड, मोरक्को र इटालीका प्रतिनिधि पुगेका थिए। क्यानडाकी प्रतिस्पर्धी प्रथम रनरअप बनिन्।
जनकपुरकी सान्वीले बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) मा स्नातक गरेकी छन्। उनी यसअघि ‘मिस नेपाल २०२५’ को उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन्।
उपाधि जितेपछि सान्वीले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने, वातावरणप्रति जिम्मेवार बन्ने तथा ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।




-
Feature3 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
Feature1 week agoसिद्धार्थ आर्ट ग्यालरीमा दैविक साैन्दर्य
-
Fashion3 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
Feature1 week agoझिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर
-
Feature2 days agoअमृत क्षेत्री र शान्तिश्री परियारको स्वरमा ‘लालुपाते’
-
Auto3 weeks agoललितपुरमा साझाका ५ ई–माइक्रोबस
-
Feature4 weeks agoभारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
-
Fashion2 weeks agoप्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल २०२६


You must be logged in to post a comment Login