Feature

काठमाडौंमाथि बादलको समुद्र

avatar
Street Nepal

An editor at streetnepal


  • November 1, 2026
  • 33 पटक पढिएको

यो आइतबार बिहानको काठमाडौँ माथिको दृश्य हो।

काठमाडौंमाथि बादलको समुद्र, र त्यसको माथि बाट हिमालको मनमोहक दृश्य देखिएको छ।

काठमाडौंको जमिनमा बाक्लो बादल र कुहिरोले ढाकेको छ तर, त्यही बादलमाथि पुगेपछि देखिन्छ प्रकृतिको अद्भुत दृश्य।

चन्द्रागिरिको आकाशबाट ड्रोनमा कैद गरिएका यी दृश्यमा तल बादल समुद्रझैँ फैलिएको छ। बादलमाथि घाम लागेको छ भने टाढा धादिङका डाँडाकाँडा र पृष्ठभूमिमा मुस्कुराइरहेका हिमशृङ्खला देखिन्छन्।

शनिबारको वर्षापछि आइतबार बिहान काठमाडौंको मौसम फेरि धुम्मिएको छ। तर, बादलमाथिको यो संसार भने निकै सुन्दर देखिएको छ।

काठमाडौंको आकाशबाट देखिएको प्रकृतिको यो सुन्दर दृश्य हेरौं !

default
default
default
default
default
default

Facebook Comments