Feature
बसन्तपुरमा होली
काठमाडौंमा होली मनाउन धुमधामका साथ मनाईएको छ।
बसन्तपुर क्षेत्रमा होली खेल्न मानिसहरु उपत्यका भर बाट जम्मा भएको थियो।
काठमाडौंको बसन्तपुर, टुँडिखेल, दरबारमार्ग लगायतका क्षेत्रमा होली विशेष सांस्कृतिक कार्यक्रमहरुपनि राखिएको थियो।
आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ।
सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।
यसपालिको होलीमा काठमाडौं उपत्यका ७५ ठाउँमा ट्राफिक चेकप्वाइन्ट खडा गरिएको छ।
ट्राफिक नियमविपरीत सवारी चलाएको भेटिए त्यस्ता सवारी साधनहरू होल्ड गरिरहेको छ।
You must be logged in to post a comment Login