entertainment
बेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
लन्डन (बेलायत) — परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोछेको विशेष उपस्थितिमा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ।
बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट आएका ७ सयभन्दा बढी भक्तजनहरूको सहभागिता रहेको थियो।
उक्त अवसरमा १५ जना धर्मगुरुको सहभागितामा विशेष जम्भला पूजा सञ्चालन गरिएको थियो।

कार्यक्रममा विश्वप्रसिद्ध तिब्बती बौद्ध धर्मगुरु ग्याङ खाङ रिन्पोचेले सहभागीहरूलाई २१ जम्भला (कुबेर) को पवित्र अभिषेक प्रदान गर्नुका साथै बुद्ध धर्म, करुणा, प्रज्ञा तथा आध्यात्मिक जीवनसम्बन्धी विशेष प्रवचन दिएका थिए। प्रवचन चिनियाँ, भोट तथा अंग्रेजी भाषामा गरिएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणमध्ये धर्मगुरु हलभित्र प्रवेश गर्दा सम्मानस्वरूप घिर्लिङ र पाइपरको धुन बजाइएको थियो। उपस्थित भक्तजनहरू हातमा खादा लिएर लामबद्ध रूपमा उभिएर गुरुको स्वागत गरेका थिए।
हलभित्र प्रवेशपछि गुरुलाई आसन ग्रहण गराइएपछि उपस्थित सबैले करिब चार मिनेटसम्म उभिएर पाइपरको धुनसहित सम्मान व्यक्त गरेका थिए।

सो अवसरमा बुद्धिष्ट गुम्बा रेडिङ यूकेका मूल गुरु श्रद्धेय खेन् रिन्पोछे शीर लामाले सहभागीहरूमाझ परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोछेको जीवनी प्रस्तुत गरेका थिए।
उनले बेलायतमा पहिलोपटक २१ वटै जम्भलाको संयुक्त अभिषेक सम्पन्न भएको दाबी गर्दै यसलाई ऐतिहासिक आध्यात्मिक अवसरका रूपमा वर्णन गरे।
कार्यक्रममा बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष रिटायर्ड इन्स्पेक्टर खेमबहादुर गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गरे। यस्ता आध्यात्मिक कार्यक्रमले समुदायलाई एकताबद्ध गर्नुका साथै बुद्ध धर्मप्रतिको आस्था र ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रम सञ्चालन तथा स्वास्थ्य–सुरक्षा (हेल्थ एन्ड सेफ्टी) सम्बन्धी जानकारी गुम्बाका महासचिव कमल कोने गुरुङले दिएका थिए। उनले यस्ता कार्यक्रमले बुद्ध धर्मको प्रचार–प्रसार तथा समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
गुम्बाका उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पूर्ण लामा गुरु तथा भक्तजनहरूलाई स्वागत गरेका थिए।

समारोहको अर्को विशेष आकर्षणका रूपमा दक्षिण भारतस्थित नम्ड्रोलिङ गुम्बामा विशेष साधनाद्वारा तयार पारिएको पवित्र ‘याङबुम’ (कलश) भक्तजनहरूलाई वितरण गरिएको थियो। धार्मिक विश्वासअनुसार उक्त कलशले सुख, शान्ति र समृद्धि प्रदान गर्ने मान्यता रहेको छ।
कार्यक्रममा सहभागी भक्तजनहरूले रिन्पोछेबाट प्राप्त अभिषेक तथा धर्मदेशनाले आफूहरूमा आध्यात्मिक ऊर्जा, शान्ति र सकारात्मक प्रेरणा प्राप्त भएको बताएका थिए।
सो अवसरमा बुद्धिष्ट गुम्बा रेडिङको आमा समूहका तर्फबाट उपस्थित सबै भक्तजनहरूलाई फलफूल तथा प्रसाद वितरण गरिएको थियो।
ग्याङ खाङ रिन्पोछेको बेलायत भ्रमणअन्तर्गत केन्ट तथा साउथ–इस्ट लन्डनस्थित डायमण्ड बुद्धिष्ट सेन्टरमा समेत धर्मदेशना कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

entertainment
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ।
भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीको प्रमुख आतिथ्यमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो।
यस्तै, भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेड अन्तर्गतका विभिन्न संस्थाले संकलन गरेको ९७ लाख १८ हजार २ सय ४९ रुपैयाँ पनि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ भने बाँकि ३४ लाख २३ हजार ५ सय ४२ रुपैयाँ आजको कार्यक्रममा प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहतकोषमा जम्मा गरिने बताईएको छ ।
कार्यक्रममा भारतीय पूर्वसैनिक तथा उनीहरूका परिवारका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।
पूर्वसैनिक संस्थाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि आफ्नो तर्फबाट सहयोग संकलन गरी राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।











entertainment
समय, सम्बन्ध र आत्मपहिचानको कथा बोकेको ‘माण्डवी’
सद्भाव थिएटर–नेपालको प्रस्तुतिमा नयाँ बानेश्वर, थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा नाटक ‘माण्डवी’को मञ्चन सुरु भएको छ। राम के.ए.सी.को लेखन तथा निर्देशनमा तयार पारिएको यो नाटक असोज १ गतेदेखि १४ गतेसम्म प्रदर्शन हुनेछ।
मंगलबार बाहेक प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार अतिरिक्त शो दिउँसो १:०० बजे पनि नाटक हेर्न सकिनेछ।
‘माण्डवी’ नाटकले तीव्र गतिमा दौडिरहेको आधुनिक जीवनशैली र त्यसले मानव सम्बन्धमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ।
प्रविधि, करियर, जागिर, पैसा र सम्पत्तिको दौडधुपमा मानिसले कसरी आफैँलाई बिर्सँदै गएको छ र यसको असर उसकै जीवन तथा सम्बन्धमा कसरी परिरहेको छ भन्ने कुरा नाटकमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ।
नाटकले मानिसले गुमाउँदै गएको समय, सम्बन्ध र आत्मीयतालाई पुनः खोज्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ।
भावनाहरूको शुद्धीकरण, सम्बन्धहरूको पुनर्जागरण, आत्म-साक्षात्कार, पूर्वाग्रहको त्याग तथा अरूको अस्तित्वलाई स्वीकार गर्ने क्षमता विकास गर्नुपर्ने सन्देश यसले दिन्छ। ‘माण्डवी’लाई वर्तमान समयको प्रतिनिधि पात्रका रूपमा उभ्याउँदै नेपाली समाजका अदृश्य अन्तर्विरोध, मोह, स्वतन्त्रता, जीवन-दर्शन, सत्य र मिथ्यालाई मञ्चमा उतारिएको छ।
निर्देशक राम के.ए.सी.का अनुसार ‘माण्डवी’ केवल एउटा पात्र वा नाटक मात्र नभएर समकालीन मानव जीवनको वास्तविक प्रतिबिम्ब हो, जसले दर्शकलाई आफ्ना सम्बन्ध र अस्तित्व जोगाउनेबारे सोच्न बाध्य बनाउँछ।
नाटकमा निलीमा पाण्डे, एवन राज उप्रेती, सन्तोष बिष्ट, रुषा श्रेष्ठ, संस्कृति वन, तीर्सना राई, भिष्मराज जोशी र किरण चापागाईं लगायतका कलाकारहरूको जीवन्त अभिनय रहेको छ।
entertainment
बाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
रसुवा लगायत नेपालका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिपछि पीडितको सहयोगका लागि तमु धिँ यूकेले १०० किलोमिटर ट्रेल वाक आयोजना गरेको छ।
तमु धिँ यूकेका एडभाइजर सन्तकुमार गुरुङको संयोजनमा भएको ट्रेल वाकमा उपाध्यक्ष कमल गुरुङसहित एडभाइजरहरू तार्कजङ गुरुङ, क्याप्टेन रेज्ट लाछ्या गुरुङ र शारदा गुरुङ सहभागी थिए। करिब एक साताको मेहनतपछि १० वटा चेकपोइन्ट पार गर्दै ट्रेल वाक पूरा गरिएको र यसबाट करिब ५ हजार ८ सय पाउन्ड रकम संकलन भएको जनाइएको छ।
ट्रेल वाकका क्रममा तमु धिँ यूके अध्यक्ष जुमकाजी गुरुङले विभिन्न चेकपोइन्टमा पुगेर सहभागीलाई हौसला प्रदान गरेका थिए। गुरखा मिडियाका निर्देशक तथा फोटोग्राफर मिलन तमुले पहिलो दिनको गतिविधिको भिडियो तथा तस्बिर संकलन गरेका थिए।
संकलित रकमसँगै नेपाली मेलाको बचत, विभिन्न इकाइ तथा तमु धिँसँग आबद्ध संस्थाहरू र व्यक्तिहरूबाट प्राप्त सहयोगसमेत एकीकृत गरी बाढीपहिरो पीडितका लागि नेपाल पठाइनेतमु धिँ यूकेले जनाएको छ।
तमु धिँ यूकेअध्यक्ष जुमकाजी गुरुङ र आर्थिक संयोजकसमेत रहेका उपाध्यक्ष कमल गुरुङसहितको टोली सेप्टेम्बर २० मा नेपाल आएर सहयोग रकम हस्तान्तरण गर्नुका साथै क्षतिग्रस्त क्षेत्रमा राहत वितरण गर्ने कार्यक्रम रहेको छ।





-
Offbeat3 weeks agoमहाधिवेशनका लागि दुई तमु संस्थालाई अन्तराष्ट्रिय परिषद्को सहयोग
-
entertainment4 weeks agoझिलिमिली सडक
-
entertainment3 weeks agoसुनसान बन्यो नागढुंगा
-
entertainment3 weeks agoतमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
-
Feature2 weeks agoयस्तो छ कृष्ण भिरको पहिरो
-
entertainment4 weeks ago‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
-
Auto4 weeks agoचांगनको नयाँ इलेक्ट्रिक एसयूभी ‘डिपल नेभो क्यू०५’
-
entertainment4 weeks agoबेलायतमा १७औँ ‘नेपाली मेला’ हुने


You must be logged in to post a comment Login