Connect with us

Cobweb Band

Published

on

Continue Reading

lifestyle

काठमाडौंका आकाशे पुल किन अपूरा छन्?

Published

on

काठमाडौंको चक्रपथ अन्तर्गत विभिन्न स्थानमा पैदल यात्रुको लागी बन्ने भनेको आकाशेपुलहरु अलपत्र अवस्थामा छन्।


केही ठाउँमा भने आकाशे पुल निर्माणको काम अगाडि बढेको छ।


जोखिम मोलेरै बाटो काट्न बाध्य पैदल यात्रुहरुको निम्ती अधुरा आकाशे पुलको निर्माण अब अघि बढेको छ।
काठमाडौंको बल्खु स्थित अलपत्र रहेको आकाशे पुल निर्माण अघि बढेको छ।


महर्जन पुर्णचण्डी ड्रामा जेभीले ठेक्का पाएको यो आकाशे पुल विभिन्न समयमा म्याद गुज्रिएपछि बल्ल निर्माणको काम अघि बढेको हो।


यस्तै सानेपा लगाएतका ठाउँहरुमा पिल्लर मात्र ठड्याउने काम भएको छ भने यात्रुहरु जोखिम मोलेरै सडक पार गर्न बाध्य छन्।

Continue Reading

Theatre

‘चन्द्रलाई कसले मार्यो?’: क्वियर समुदायको मौन वेदना

Published

on

काठमाडौंको थापागाउँ स्थित मण्डला नाटकघरमा ‘चन्द्रलाई कसले मार्यो?’ नाटकको नियमित मञ्चन भइरहेको छ।

रङ्गकर्मी सन्दीप श्रेष्ठ को परिकल्पना, लेखन र निर्देशनमा तयार पारिएको नाटकले क्यवेर समुदायको गहन आत्म-अन्वेषण र उनीहरूले भोग्दै आएका अदृश्य पीडाहरूलाई नाटकले समेटेको छ।

नाटकले फरक लैङ्गिक क्षमता भएका एक व्यक्तिको मानसिक संघर्ष, डिप्रेसन र आत्महत्या जस्ता संवदेनशील विषयहरूलाई नजिकबाट केलाएको छ।

एलजीबीटीक्यूआइएईप्लस समुदायभित्रका कथाहरूलाई मूलधारमा ल्याउने प्रयासस्वरूप यो नाटकले ती अदृश्य घाउहरूलाई उजागर गरेको छ, जुन समाजमा अक्सर लुकाइएका हुन्छन्।

निर्देशक श्रेष्ठले यस समुदायका व्यक्तिहरूले वर्षौंदेखि आफ्नो अस्तित्वसँग गरिरहेको युद्ध, समाजमा खुलेर बोल्न नसक्ने बाध्यता, र आफ्ना भावनाहरू व्यक्त गर्ने भाषा नपाउने छटपटीलाई नाटकमा जीवन्त रूप दिएका छन्।

‘चन्द्र’ नामक मुख्य पात्रको आँखाबाट संसार हेर्ने प्रयास गरिएको यस नाटकमा सम्बन्धहरूको बदलिँदो स्वरूप र हरेक पात्रको फरक दृष्टिकोणलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

यो नाटकले दर्शकलाई क्वियर समुदायका सदस्यहरूको भित्री संसारमा डोर्याउँछ र उनीहरूले दैनिक जीवनमा अनुभव गर्ने आत्मसंघर्ष र सामाजिक चुनौतीहरूलाई गहिरोसँग बुझ्ने अवसर प्रदान गर्छ।

साउन १८ गतेसम्म मञ्चन हुने यस नाटकमा निर्देशक सन्दीप श्रेष्ठसहित भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईं लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो नाटक सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शोका साथ मञ्चन भइरहेको छ।

‘चन्द्रलाई कसले मार्यो?’ केवल एउटा नाटक मात्र नभई, क्वियर समुदायको आवाज हो – एक मौन तर शक्तिशाली पुकार जसले समाजलाई उनीहरूको पीडा बुझ्न र उनीहरूलाई स्वीकार गर्न आह्वान गर्छ।

यो नाटक हेर्नु भनेको फरकपनलाई अँगाल्ने र मानव अनुभवको विविधतालाई सम्मान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चाल्नु हो।

Continue Reading

Offbeat

आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती

Published

on

आज आदिकवि भानुभक्त आचार्यको ११२ औं जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको छ।

यस अवसरमा काठमाडौंमा विशेष समारोहहरू आयोजना गरियो।

बिहानै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिएको थियो।

यस कार्यक्रममा सभामुख देवराज घिमिरे र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त लगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो।

माल्यार्पणपश्चात् भानुभक्तको सम्झनामा प्रभातफेरि आयोजना गरियो, जसमा विभिन्न विद्यालयका विद्यार्थीहरू पनि उत्साहपूर्वक सहभागी भएका थिए।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com