Connect with us

WORLD INDEGENIOUS DAY 2014

Published

on

Continue Reading

Offbeat

मण्डलामा चरणदास चोर (तस्विरहरु)

Published

on

काठमाडौंको थापागाउँ स्थित मण्डला नाटकघरमा नाटक चरणदास चोरको नियमित मञ्चन सुरु भएको छ।

प्रख्यात भारतीय रंगकर्मी हबीब तन्वीर द्वारा लिखित नाटकलाई नेपाली परिवेशमा राजन खतिवडा र आशन्त शर्मा ले रुपान्तरण गरेका छन्। नाटकको निर्देशन मिलन कार्की ले गरेका हुन्।

लोकशैली, हास्य र व्यङ्ग्यको प्रयोग गरिएको “चरणदास चोर” सामाजिक विषयवस्तुमा आधारित नाटक हो। कथामा एक चोर भए पनि सधैं सत्य बोल्ने वाचा गरेको पात्र चरणदासको जीवनमार्फत समाजभित्र रहेको भ्रष्टाचार, पाखण्ड र शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। नाटकले मनोरञ्जनसँगै दर्शकलाई समाजका मूल्य, सत्य र नैतिकताबारे सोच्न प्रेरित गर्ने सन्देश बोकेको छ।

नाटकमा बिश्व बिजय बि.क., बिनय पन्त, बिनिता गिरी, अनुस्का कार्की, लक्ष्मण खत्री, जितन राई, पार्बता भुसाल, दुर्गा पौडेल, सरिता नेपाली, टेकबहादुर खाती, रिजन थिङ्ग लामा, प्रबल जोशी, अर्मन शाही, मणिराज घलेलगायतका कलाकारहरुको अभिनय रहेको छन्।

मण्डलाको थिएटर ल्याबको १८औँ ब्याचका कलाकारहरूको सहभागितामा तयार पारिएको यस प्रस्तुति समाजको यथार्थलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गर्ने प्रयास भएको निर्देशक कार्कीले बताएका छन्। उनका अनुसार नाटकले दर्शकलाई हाँस्ने, रमाउने मात्र होइन, आफ्नै जीवन र समाजतर्फ फर्केर सोच्न प्रेरित गर्ने उद्देश्य राखेको छ।

मण्डला थिएटर नेपाल को प्रस्तुति रहेको यो नाटक आगामी चैत ११ गतेसम्म सोमबारबाहेक नियमित रुपमा मञ्चन हुनेछ ।

Continue Reading

Feature

ढकमक्क आरु फुल

Published

on

वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आरुका रुखहरू फूलले ढकमक्क भएका छन् ।

सेतो, हल्का गुलाबी र गाढा गुलाबी रङका यी फूलहरूले सहरका सडक किनारा, पार्क, बगैंचा र घरआँगनलाई नै रंगीन बनाएका छन् ।

काठमाडौँका सडक छेउ तथा पार्क लागएत विभिन्न स्थानहरूमा आरु र पैँयू प्रजातिका फूलहरू एकसाथ फुलेर वसन्तको पूर्ण स्वागत गरिरहेका छन् ।

यी फूलहरूले न केवल प्रकृतिको सौन्दर्य बढाएका छन्, बरु शहरवासीहरूलाई पनि फोटो खिच्न, घुम्न र ताजा हावामा रमाउन प्रेरित गरेका छन् ।

Continue Reading

Feature

प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारी पूरा

Published

on

काठमाडौं, फागुन २०, २०८२ – निर्वाचन आयोगले भोलि फागुन २१ गते (मार्च ५, २०२६) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

देशभरका २२ हजारभन्दा बढी मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका, अन्य सामग्री तथा कर्मचारीहरू पुगिसकेका छन्। गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सुरक्षा व्यवस्था, व्यवस्थापकीय काम सबै पूरा भएको र अवस्था सामान्य रहेको जानकारी दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई उत्साहपूर्वक र निर्भय भएर मतदान गर्न आग्रह गरेका छन्। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com