lifestyle
वृत्तचित्रमा प्रेरणादायी लाहुरेको समाजसेवा

पत्रकार अमृत भादगाउँलेले बेलायती सेनाका पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन्।
‘चामबहादुर पुन: एन एक्जेम्प्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’ शीर्षकको यो वृत्तचित्र मङ्गलबार काठमाडौंमा प्रदर्शन गरियो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको धार्मिक, सामाजिक र पर्यटन विकासमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील पुनको योगदानलाई केन्द्रमा राखेर वृत्तचित्र तयार गरिएको हो।

करबाकेली थान, सामुदायिक संग्रहालय, पाहुनाघर, र करबाकेली इको ट्रेकजस्ता परियोजनाहरू उनको पहलमा निर्माण तथा प्रवर्द्धन भएका छन्।
पूर्वसैनिक पुनले अवकासपछि समाजसेवामै जीवन अर्पण गरेका छन्। उनका समाजपरिवर्तनका कामहरू वृत्तचित्रमार्फत जीवित रूपमा प्रस्तुत गरिएको छ।
लाहुरेको सेवा भाव र समाजप्रतिको समर्पणलाई उजागर गर्दै वृत्तचित्रले प्रेरणादायी पात्रका रूपमा चामबहादुर पुनको व्यक्तित्वलाई चित्रण गर्छ।


lifestyle
काठमाडौंका आकाशे पुल किन अपूरा छन्?

काठमाडौंको चक्रपथ अन्तर्गत विभिन्न स्थानमा पैदल यात्रुको लागी बन्ने भनेको आकाशेपुलहरु अलपत्र अवस्थामा छन्।

केही ठाउँमा भने आकाशे पुल निर्माणको काम अगाडि बढेको छ।
जोखिम मोलेरै बाटो काट्न बाध्य पैदल यात्रुहरुको निम्ती अधुरा आकाशे पुलको निर्माण अब अघि बढेको छ।
काठमाडौंको बल्खु स्थित अलपत्र रहेको आकाशे पुल निर्माण अघि बढेको छ।

महर्जन पुर्णचण्डी ड्रामा जेभीले ठेक्का पाएको यो आकाशे पुल विभिन्न समयमा म्याद गुज्रिएपछि बल्ल निर्माणको काम अघि बढेको हो।
यस्तै सानेपा लगाएतका ठाउँहरुमा पिल्लर मात्र ठड्याउने काम भएको छ भने यात्रुहरु जोखिम मोलेरै सडक पार गर्न बाध्य छन्।


lifestyle
काठमाडौँमा जगन्नाथ रथयात्रा

काठमाडौँ, असार १२
नेपाली हिन्दू समुदायको आस्थासँग जोडिएको ४०औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा काठमाडौँमा भव्य रूपमा सुरु भएको छ।
नेपाली संस्कृतिको संरक्षण र समाजमा आध्यात्मिक चेतना फैलाउने उद्देश्यले हरेक वर्ष आयोजना गरिने यो रथयात्रा आज कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, नेपाल वायुसेवा निगम (एनएसी), न्युरोड हुँदै बसन्तपुर पुगेर पुनः न्युरोड मार्ग हुँदै टुँडिखेलमा समापन गरिएको हो।

रथयात्राको अवसरमा भगवान श्री जगन्नाथलाई एक सय आठ परिकार चढाइएको थियो। विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, भक्तजन, सांस्कृतिक झाँकी र बाजागाजासहितको उपस्थितिमा रथयात्रा भव्य रूपमा सम्पन्न भयो।

यस दिन भारतको ओडिशास्थित जगन्नाथ पुरीमा पनि विशेष रथयात्रा आयोजना गरिन्छ, जसलाई हिन्दू धर्मका चार प्रमुख धाममध्ये एक मानिन्छ। उत्तरमा बद्रीनाथ, पश्चिममा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरीलाई चारधामको रुपमा मानिन्छ, जुन क्रमशः सत्य, त्रेता, द्वापर र कलियुगसँग सम्बन्धित छन्।
रथयात्रा आयोजक समिति अनुसार यस वर्षको सहभागिता अघिल्ला वर्षभन्दा उत्साहजनक रहेको छ।




NPL Photo
entertainment
मिस नेपाल २०२५ को आवेदन खुल्ला

मिस नेपाल २०२५ का लागि आवेदन खुल्ला गरिएको छ । आयोजक संस्था हिडन खुल्लयो वर्षबाट ‘मिस कोस्मो’को उपाधि थप गरिएको जानकारी गराउँदै आवेदन खुल्ला गरेको हो । सहभागी हुन चाहनेले असार २६ गतेसम्म आवेदन दिन सक्नेछ्न्।
मिस नेपालको फिनाले भदौ १४ मा गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न हुनेछ । यो वर्ष प्रतियोगिताबाट चार विजेता घोषणा गरिनेछन् ।
मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेस्नल, मिस नेपाल अर्थ र थप गरिएको मिस नेपाल कोस्मो रहेको छ । ‘मिस नेपाल कोस्मो’को उपाधि जित्नेले भियतनाममा हुने ‘मिस कस्मो’मा सहभागी हुन पाउनेछन् ।
आयोजक संस्था मिस नेपाल २०२५ को खोजीका लागि देशका विभिन्न शहरमा पुग्नेछ । त्यसैगरी, अन्तिम अडिसन २८ गते काठमाडौं मा हुनेछ्। छनोट सुन्दरीहरुले ग्रान्ड फिनालेका लागि ग्रुमिङ तथा विशेष प्रशिक्षण प्राप्त गर्नेछन् ।
हिडन ट्रेजरका निर्देशक सुवर्ण बहादुर क्षेत्री विगतका उपलब्धिमा टेक्दै सुनौलो भविष्यतर्फ मिस नेपाल अगाडि बढेको धारणा राखे।









-
Theatre3 weeks ago
कौशी नाटक घरमा ‘सिक रूम’
-
entertainment2 weeks ago
पुस्तक ‘नेपाली चलचित्रमा पहिलो’ सार्वजनिक
-
Theatre2 days ago
‘चन्द्रलाई कसले मार्यो?’: क्वियर समुदायको मौन वेदना
-
entertainment3 weeks ago
मिस नेपाल २०२५ को आवेदन खुल्ला
-
Feature4 weeks ago
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
-
Offbeat2 weeks ago
लगनखेलमा पुननिर्माण हुदै गरेको सप्तपाताल पोखरी
-
Video1 week ago
सूर्यविनायक–धुलिखेल सडक विस्तार कति भयो ?
-
Offbeat3 weeks ago
महाराजगञ्ज-चप्पल कारखाना खण्ड चक्रपथ विस्तार