lifestyle

वृत्तचित्रमा प्रेरणादायी लाहुरेको समाजसेवा

Published

on

पत्रकार अमृत भादगाउँलेले बेलायती सेनाका पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनमा आधारित वृत्तचित्र निर्माण गरेका छन्।

चामबहादुर पुन: एन एक्जेम्प्लरी एक्स गोर्खा ब्रिटिस सोल्जर’ शीर्षकको यो वृत्तचित्र मङ्गलबार काठमाडौंमा प्रदर्शन गरियो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको धार्मिक, सामाजिक र पर्यटन विकासमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील पुनको योगदानलाई केन्द्रमा राखेर वृत्तचित्र तयार गरिएको हो।

करबाकेली थान, सामुदायिक संग्रहालय, पाहुनाघर, र करबाकेली इको ट्रेकजस्ता परियोजनाहरू उनको पहलमा निर्माण तथा प्रवर्द्धन भएका छन्।

पूर्वसैनिक पुनले अवकासपछि समाजसेवामै जीवन अर्पण गरेका छन्। उनका समाजपरिवर्तनका कामहरू वृत्तचित्रमार्फत जीवित रूपमा प्रस्तुत गरिएको छ।

लाहुरेको सेवा भाव र समाजप्रतिको समर्पणलाई उजागर गर्दै वृत्तचित्रले प्रेरणादायी पात्रका रूपमा चामबहादुर पुनको व्यक्तित्वलाई चित्रण गर्छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version