Feature
दसैँसँगै पिङको उमङ्ग [तस्विरहरु]
दसैँ आउँदा गाउँघरमा पिङ हाल्ने र मच्चिएर खेल्ने चलन पुरानै हो।
अहिले सहरका गल्ली र चोकमा त्यो दृश्य कम देखिन थालेको छ। तर, काठमाडौंको तिनकुनेमा राखिएको लिङ्गे पिङले दसैँको त्यही पुरानो रौनक सम्झाइरहेको छ।
बाँसका खम्बामा अडिएको पिङमा मच्चिँदा कसैका लागि यो रमाइलो हो, कसैका लागि बाल्यकालको सम्झना।
दसैँमा एकपटक भए पनि जमिन छोड्नुपर्छ भन्ने जनविश्वासले पनि पिङप्रति छुट्टै आकर्षण र विश्वास छ।
पिङ केवल खेल होइन, दसैँमा जोडिने भेटघाट, सामूहिक खुसी र पुस्तौँदेखि चलिआएको संस्कृतिको प्रतीक पनि हो।
तिनकुनेको पिङमा मच्चिएका दृश्यले सहरको व्यस्तताबीच पनि दसैँको पुरानो स्वाद जीवित रहेको झल्को दिन्छ।
तस्विरहरु :







