Connect with us

entertainment

Festival of color “HOLI”

Published

on

Today is the day of color Holi festval. People living in hill region are celebrating Holi today with their friends and relatives by putting color and water with each other. Holi 2015 Holi 20151 Holi 20152 Holi 20153 Holi 20154 Holi 20155 Holi 20156 Holi 20157 Holi 20158 Holi 20159 Holiww

 

Continue Reading
1 Comment

1 Comment

  1. Lydia

    August 26, 2016 at 11:41 pm

    Fellas who of you play Pokemon GO? Amazing game, finally Omanyte has been caught using
    pokebusterbot. With this bot you can catch pokemons on autopilot!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

entertainment

‘पहाड’ मार्फत तुलसी घिमिरे को दमदार कमब्याक

Published

on

नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरे को बहुप्रतीक्षित फिल्म पहाड नयाँ वर्ष २०८३ को पहिलो दिनदेखि देशभर प्रदर्शनमा आएको छ। करिब एक दशकपछि घिमिरेको ठूलो पर्दामा कमब्याक भएकाले फिल्मप्रति दर्शकको उत्साह उल्लेखनीय देखिएको छ।

फिल्म ‘पहाड’ ले विदेश पलायनले रित्तिँदै गएका पहाडी गाउँ, बेरोजगारी, पानी अभाव र सामाजिक–आर्थिक चुनौतीलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। घिमिरेकै कथा, पटकथा र संवाद रहेको फिल्मले ‘घर फर्किनु’ भन्ने भावनात्मक सन्देश पनि दिन्छ। प्रिमियरमा दर्शक तथा कलाकारहरूले यसलाई मौलिक र संवेदनशील फिल्मका रूपमा प्रतिक्रिया दिएका छन्।

दार्जिलिङमा सन् १९५१ मा जन्मिएका घिमिरेले हिन्दी फिल्ममा सम्पादन र सहायक निर्देशनबाट करियर सुरु गरेका थिए। ‘बाँसुरी’ (१९८१) बाट नेपाली निर्देशनमा प्रवेश गरेका उनले कुसुमे रुमाल, लाहुरे, चिनो, देउता, दर्पण छाया जस्ता हिट फिल्म दिएका छन्।

‘दर्पण छाया २’ पछि विश्राममा रहेका उनले ‘पहाड’ मार्फत पुनरागमन गरेका हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, शिव श्रेष्ठ, बिपिन कार्की, प्रियंका कार्की लगायत कलाकार छन् भने उनकी छोरी पञ्चमी घिमिरे पनि देखिएकी छन्।

नेपालमा रिलिजसँगै फिल्म अप्रिल १७ देखि अमेरिका, अस्ट्रेलिया र न्यूजिल्यान्डमा पनि प्रदर्शन हुँदैछ। नयाँ वर्षमा पारिवारिक रूपमा हेर्न योग्य फिल्मका रूपमा ‘पहाड’ प्रतीक्षा गरिएको छ।

Continue Reading

entertainment

शोले निर्माण कथा निफमा

Published

on

काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत आयोजित विशेष सत्रमा रमेश सिप्पी र राजेश हमाल बीच रोचक संवाद भएको छ। पर्यटन बोर्डको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा सिप्पीले आफ्नो चर्चित फिल्म शोले निर्माण अनुभव साझा गरे।

उनले सलीम–जावेदसँगको सहकार्यलाई फिल्म सफलताको मुख्य आधार माने। सानो अवधारणाबाट विकसित भएको कथालाई वेस्टर्न शैलीबाट प्रेरित गर्दै निर्माण गरिएको उनले बताए। छायांकनका लागि बेंगलुरू नजिकै सेट तयार गर्न करिब ६ महिना लागेको उल्लेख गरे।

सुरूमा ‘शोले’लाई असफल भनिए पनि छैटौं हप्तापछि ठूलो हिट बनेको उनले स्मरण गरे। प्रविधिले कथा र भावनालाई ओझेलमा पार्न नहुने धारणा राख्दै उनले अहिलेका दर्शक झन् सचेत भएको बताए। कार्यक्रम करिब एक घण्टा चलेको थियो।

Continue Reading

entertainment

चलचित्र जुनकिरीको फर्स्ट लुक सार्वजनिक

Published

on

दीप गुरुङको निर्देशनमा बनेको चलचित्र ‘जुन-किरी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

वि.सं. २०८३ सालमा प्रदर्शन हुने जानकारीसहित सार्वजनिक पोस्टरमा सुन्दर हिमाली परिवेशसँगै मुख्य कलाकार सुरज तमु र लक्ष्मी गुरुङलाई देखाइएको छ। चलचित्र गुरुङ समुदायको ऐतिहासिक घाँटू परम्परा र संस्कृतिमा आधारित रहने निर्माण पक्षले जनाएको छ।

‘दीप फिल्म्स प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायाङ्कन गोरखाको सिरानचोकस्थित ऐतिहासिक धार्मिक स्थल नाथ मण्डली तथा काठमाडौँका विभिन्न स्थानमा गरिएको छ।

कथाकार भरत राईका अनुसार चलचित्रले काठमाडौँमा संघर्षरत एक फोटोग्राफर र घाँटू नाचसँग जोडिएको उसको यात्रालाई प्रस्तुत गर्नेछ।

चलचित्रमा सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, अनिल सुब्बा, डीबी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। कथा भरत राई र सुरज तमुको, पटकथा केर डी. कोइँच लिम्बु तथा छायाङ्कन योगेश दाहालको रहेको छ।

निर्देशक दीप गुरुङको यो दोस्रो फिचर फिल्म हो। यसअघि उनले गुरुङ संस्कृतिमै आधारित चलचित्र ‘नैना’ निर्देशन गरिसकेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com