News

हनुमानढोकामा भित्र्याइयो फूलपाती

avatar
Street Nepal

An editor at streetnepal


  • October 17, 2026
  • 2 पटक पढिएको

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज देशभर परम्पराअनुसार मनाइएको छ।

दसैंको शुभ साइतको प्रतीकका रूपमा घरघरमा फूलपाती भित्र्याएर पूजा गर्ने चलन छ। यस दिन उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्तीलगायत सामग्री भित्र्याइन्छ।

यसै अवसरमा गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैंघरमा भित्र्याइएको छ।

गोरखाबाट विभिन्न परम्परागत विधि पूरा गर्दै ल्याइएको फूलपाती जमलबाट गुर्जुको पल्टन, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहित हनुमानढोका पुर्‍याइएको हो। फूलपाती भित्र्याएसँगै दसैंको रौनक थप बढेको छ।

Facebook Comments