News

गाईपूजा गरियो

avatar
Street Nepal

An editor at streetnepal


  • November 9, 2026
  • 22 पटक पढिएको

काठमाडौंको गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा आज गाईपूजाका अवसरमा गाईको पूजा गरिएको छ।

गाईपूजाको दिन संरक्षण केन्द्रमा रहेका गाईहरूलाई फूलमाला लगाएर पूजा गर्नुका साथै मिठा खानेकुरा खुवाइएको थियो।

उक्त संरक्षण केन्द्रले विगत आठ वर्षदेखि सडकमा अलपत्र परेका, घाइते तथा असहाय गाईबाच्छाको उद्धार गर्दै संरक्षण गर्दै आएको छ।

हिन्दु धर्मावलम्बीहरूले गाईलाई लक्ष्मी तथा माताका रूपमा सम्मान गर्दै तिहारअन्तर्गत गाईपूजाका दिन पूजा गर्ने परम्परा छ।

Facebook Comments