Offbeat
गोर्खा कपको उपाधी ड्रिम टिमलाई
लन्डनको अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्डमा सम्पन्न गोर्खा कपको २३औँ संस्करणमा नेपाल ड्रिम टिमले च्याम्पियन बनेको छ।
फाइनलमा गुरुजी इलियट टिमलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै ड्रिम टिमले उपाधिसँगै ३ हजार पाउण्ड, ट्रफी र प्रमाणपत्र जित्यो।
भेट्रानतर्फ हिमालयन एफसीले इन्टेक २००० लाई ४–० ले हराउँदै च्याम्पियन बनेको छ। महिला समूहमा रन्डर बोल्ट्स एफसीले तामाङ समाज यूकेलाई ३–० ले हराउँदै उपाधि जित्यो।
प्रतियोगितामा ५० टिम सहभागी थिए। व्यक्तिगत विधामा ड्रिम टिमका ईश्वर गुरुङ बेस्ट प्लेयर, गुरुजी इलियटका रोबेल नाल्बो सर्वाधिक गोलकर्ता बने। भेट्रानतर्फ खुम गुरुङ, डा. सन्दीप गुरुङ र कुमार थापा उत्कृष्ट घोषित भए। महिलातर्फ बेस्ट प्लेयर गरिमा राई भइन्।
‘फुटबल लिजेन्ड अफ गोर्खा कप’ उपाधि लोकप्रसाद चेम्जोङलाई प्रदान गरियो। पुरस्कार वितरण नेपाली राजदूत, स्थानीय सांसद, मेयर, आयोजक र प्रायोजकहरूले गरे।
You must be logged in to post a comment Login