Connect with us

lifestyle

तमु कलाकारसंघले मनायो ल्होछार (तस्विरहरु)

Published

on

तमु गुरुङ कलाकार संघ नेपालले काठमाडौँमा तमु ल्होछार मनाएको छ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको सभाहलमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै तमु गुरुङ कलाकारहरुले तमु ल्होछारको अवशरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा भर्खरै मात्र आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा नियुक्त हुनु भएका रेशम गुरुङलाई पनि समान गरिएको थियो।

कार्यक्रममा बोल्दै तमु ह्युलाका पुर्व अध्यक्ष समेत रहेका गुरुङ्गले गुरुङ्गहरुको शिर उँचो हुने गरि आफुले काम गर्ने बताए। यस्तै आफ्नै कार्यकालमा प्रतिष्ठानलाई भाडाको घर बाट आफ्नै सरकारी निवासमा परिवर्तन गर्ने लक्ष राखिएको उनले बताए।

कार्यक्रमको प्रमुख अतिथी कर्ण बहादुर गुरुङ्गले कलाकार संघको कार्यक्रम संगै तमु ल्होछारको शुरुवात भएको भन्दै आगामी १३,१४ र १५ गते काठमाडौँको टुडिखेलमा भब्य रुपमा तमु ल्होछार मनाउने बताउदै विश्वभर रहेका तमु समुदायलाई तमु ल्होछारको शुभकामना ब्यक्त गरे।

यस्तै कार्यक्रममा विदेशमा हुने विभिन्न तमु ल्होछारको कार्यक्रममा जानु हुने कलाकारहरुलाई विदाई समेत गरिएको थियो।

यस बर्ष तमु गुरुङ समुदायले गडुल वर्गलाई विदाई गर्दै सर्प बर्गको आगमनको अवशरमा तमु ल्होछार मनाउदै छ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Art

सहिद महर्जन र घाइते फोटो पत्रकार ढुंगानाको कला प्रदर्शनी

Published

on

जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा कलाकार तथा आन्दोलनका सहिद विनोद महर्जन र आन्दोलनका क्रममा घाइते भएका फोटो पत्रकार दिपेन्द्र ढुंगानाको कला तथा तस्बिर प्रदर्शनी काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चन्द्रमानसिंह मास्के ग्यालरीमा भइरहेको छ।

महर्जन र ढुंगानाको सिर्जना, जीवनसंघर्ष, स्मृति तथा कलात्मक योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै प्रतिष्ठानले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा जेनजी आन्दोलनका क्रममा ढुंगानाले खिचेका तस्बिरसमेत राखिएका छन्।

ललितपुर महानगरपालिका–७, पाटन सुन्धारा–दुपातका महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलाका विभिन्न विधामा दक्ष थिए। उनका कलाकृति मलेसिया, चीन, थाइल्यान्डलगायत युरोपका विभिन्न देशसम्म पुगेका थिए। जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढिरहेको प्रदर्शनमा अग्रपंक्तिमा रहेका उनको गोली लागेर मृत्यु भएको थियो।

फोटो पत्रकार ढुंगाना काठमाडौंलाई केन्द्र बनाएर नयाँ पत्रिका दैनिकमा कार्यरत छन्। २०८२ भदौ २३ गते नयाँ बानेश्वरमा आन्दोलनको फोटो खिचिरहेका बेला हिंसा भड्किएपछि उनको कानमुनि घाँटी नजिकै रबरको गोली लागेको थियो।

भदौ २८ गतेसम्म चल्ने प्रदर्शनीमा उनले घटनाअघि खिचेका तस्बिर राखिएका छन्। तस्बिरहरूले जेनजी आन्दोलनको उक्त ऐतिहासिक दिनलाई फोटो पत्रकारको दृष्टिबाट प्रस्तुत गरेका छन्।

Continue Reading

entertainment

गोकर्णमा कुशे औंसी

Published

on

नेपाल फोटो लाईब्रेरी

काठमाडौंको गोकर्णमा कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा श्रद्धालुको ठूलो भीड लागेको छ।

दिवंगत पितृको स्मरण तथा जीवित बुबाप्रति सम्मान प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वर क्षेत्रमा भक्तजनको चहलपहल बढेको हो। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्रद्धालुहरूले बागमती नदीमा स्नान गरी दिवंगत पितृका नाममा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्।

देशका विभिन्न स्थानबाट आएका भक्तजनहरू गोकर्ण पुगेका छन्। बाबु नहुनेहरूले पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने र जीवित बुबा हुनेहरूले मिठा परिकार तथा नयाँ कपडालगायत सामग्री दिएर सम्मान गर्ने चलन छ।

कुशे औंसीलाई ऋषितर्पणी औंसी तथा गोकर्ण औंसीका रूपमा समेत चिनिन्छ। यस दिन घरमा धार्मिक कार्यमा प्रयोग गरिने कुश भित्र्याउने परम्परा छ।

श्रद्धालुको भीड बढेसँगै गोकर्ण क्षेत्रमा सुरक्षा तथा आवागमन व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

Continue Reading

entertainment

जेनजी सहिद स्मृति दिवस

Published

on

काठमाडौंको बानेश्वरमा जेनजी सहिद स्मृति दिवसमा कार्यक्रम भएको छ।

जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रम गृहमन्त्री सुधन गुरूङले उद्घाटन गरेका छन्।

कार्यक्रममा कानुन मन्त्री सोबिता गौतम, पूर्वाधार मन्त्री सुनिल लम्साल, भूमि मन्त्री प्रतिभा रावल, पर्यटन मन्त्री गनेश पौडेल, नवप्रवर्तन मन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री निशा मेहतालगायत सहभागी छन्।

गत वर्ष भएको जेनजी आन्दोलनमा ७६ जनाको निधन भएको थियो।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com