News
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरमा पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको अवसरमा काठमाडौंको नक्साल भगवती मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन्।
प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेका राष्ट्रपति पौडेलले पूजाआराधना गर्नुका साथै पुजारीबाट फूल, प्रसाद र टीका ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेलले दसैँका अवसरमा काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी र दक्षिणकालीलगायत शक्तिपीठमा दर्शन गर्ने गरेका छन्।





सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
