Feature

ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)

Published

on

ग्वार्को ओभरपास अब सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सवारीसाधन चल्न थालेको हो।

२०७८ फागुनमा थालिएको निर्माण १७ करोड ६ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। म्याद पटक–पटक थपिँदै पुस १० गतेदेखि जरिवानासहित निर्माण कम्पनीलाई काममा लगाइएको थियो।

चार लेनको यो ओभरपासमा कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरको र्याम्प बनाइएको छ, जसको चौडाइ १०.२ मिटर छ।

सातदोबाटो र कोटेश्वर गन्तव्यका सवारीले ओभरपास प्रयोग गर्नेछन् भने मंगलबजार–इमाडोलतर्फका सवारी साधन तलको बाटो प्रयोग गर्नेछन्।

यसबाट ट्राफिक जाम न्युनिकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

ग्वार्कोओभरपास

ओभरपासउद्घाटन

काठमाडौंट्राफिक

सातदोबाटो

कोटेश्वर

मंगलबजार

इमाडोल

ललितपुर

नेपालनिर्माण

सार्वजनिकपूर्वाधार

जाममुक्त

RoadDevelopment

KathmanduTraffic

OverpassNepal

InfrastructureNepal

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version