entertainment
पर्यटनका नयाँ आयाम उजागर गर्दै हिमालयन ट्राभल मार्ट २०२६ सम्पन्न
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित हिमालयन ट्राभल मार्ट (एचटीएम) २०२६ भव्यताका साथ सम्पन्न भएको छ। “पर्यटनका नयाँ आयामहरू” भन्ने मूल नारासहित जुन १ देखि ४ सम्म काठमाडौंमा आयोजित मार्टमा २७ देशका ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।
पाटा नेपाल च्याप्टरको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्स लगायत विभिन्न सार्वजनिक तथा निजी साझेदार संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा ७५ अन्तर्राष्ट्रिय क्रेता कम्पनीका प्रतिनिधि, ८० भन्दा बढी प्रदर्शक संस्था तथा नेपालसहित विभिन्न देशका पर्यटन व्यवसायी र सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमले नेपाललाई ‘हिमालयको प्रवेशद्वार’का रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय पर्यटन सहकार्य, व्यवसायिक सञ्जाल विस्तार तथा नयाँ अवसरहरूको खोजीका लागि प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ। मार्टअन्तर्गत व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, विचारमूलक छलफल, गन्तव्य अनुभव कार्यक्रम, नेटवर्किङ तथा सांस्कृतिक प्रस्तुति आयोजना गरिएको थियो।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले पर्यटनका नयाँ क्षितिज खोज्ने प्रयासले पर्यटन उत्पादनको विविधीकरण तथा अर्थपूर्ण यात्रा अनुभव सिर्जना गर्ने साझा प्रतिबद्धता झल्काएको बताए। नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐयरले नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुर्याउने सबै अन्तर्राष्ट्रिय प्रतिनिधि र साझेदारप्रति आभार व्यक्त गरे।
मार्टअघि आयोजित फेमिलियराइजेसन (फाम) भ्रमणअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पोखरा, लुम्बिनी, हैबुङ, कीर्तिपुर र नमोबुद्धलगायतका गन्तव्यको अवलोकन गरेका थिए। यी भ्रमणमार्फत नेपालको सांस्कृतिक सम्पदा, साहसिक, आध्यात्मिक, वेलनेस तथा पुनरुत्थानमुखी पर्यटनका सम्भावनाबारे प्रत्यक्ष अनुभव प्रदान गरिएको थियो।
एचटीएम इन्साइट फोरममा पर्यटन क्षेत्रका विज्ञ, नीति निर्माता र उद्योगका अगुवाबीच दिगो पर्यटन, प्रविधिगत नवप्रवर्तन, अनुभवात्मक यात्रा, गन्तव्य उत्थानशीलता तथा बजार विविधीकरणका विषयमा छलफल भएको थियो।
मार्टको मुख्य आकर्षण बीटुबी सत्रमा ७५ अन्तर्राष्ट्रिय क्रेता र ८० भन्दा बढी प्रदर्शकबीच २ हजार ४ सयभन्दा बढी पूर्वनिर्धारित व्यवसायिक भेटघाट सम्पन्न भएका थिए। यसबाट नयाँ पर्यटन साझेदारी तथा व्यावसायिक अवसरहरू सिर्जना भएको जनाइएको छ।
कार्यक्रमको समापनसँगै आयोजकले एचटीएम २०२६ ले बलियो साझेदारी, नवीन सोच र पर्यटन विकासप्रति नयाँ उत्साहको आधार निर्माण गरेको जनाएको छ। साथै, नेपाललाई पर्यटन संवाद, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको अग्रणी केन्द्रका रूपमा स्थापित गर्न मार्ट सफल भएको निष्कर्ष निकालिएको छ।





entertainment
‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक
नेपाली चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि सार्वजनिक गरिएको छ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ,सुरज तमु लगायतका कलाकारको अभिनय छ। चलचित्रमा स्वर्गीय सुनिल थापाको समेत अभिनय रहेको छ।
एमजीएफ फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ अर्थात् सेप्टेम्बर ११ देखि नेपालका हलमा प्रदर्शनमा आउनेछ।
ट्रेलर सार्वजनिक कार्यक्रमका केहि तस्विरहरु :









entertainment
बेलायतमा १७औँ ‘नेपाली मेला’ हुने
स्ट्रीटनेपाल
बेलायतमा तमु धीं यूकेको आयोजनामा १७औँ ‘नेपाली मेला’ हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आगामी ३० अगस्ट २०२६, आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्स मैदानमा मेला आयोजना हुन लागेको हो। लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले पत्रकार सम्मेलनमार्फत नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए।
मेला संयोजक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल कोने गुरुङका अनुसार मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। मेलामा बेलायतमा सक्रिय ४२ वटा नेपाली संघसंस्थाले विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा र परम्परा झल्कने झाँकी प्रस्तुत गर्नेछन्।
मेलामा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, मौलिक भेषभूषा तथा सांस्कृतिक झाँकी प्रदर्शन, नेपाली परम्परागत खानाका परिकार, व्यापारिक तथा च्यारिटी स्टल रहनेछन्। सहभागीका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रवासी भूमिमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न मेला महत्वपूर्ण हुने आयोजकको विश्वास छ।








entertainment
झिलिमिली सडक
स्ट्रीटनेपाल
कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारीसम्मको सडक रातको समयमा झिलिमिली देखिन थालेको छ।
बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो।
बल्खुदेखि बालकुमारीसम्मको ७.९ किलोमिटर सडकखण्डमा सडक बत्ती जडान भएपछि रातको समयमा सडक झलमल्ल उज्यालो भएको छ। यसले पैदलयात्री तथा सवारी चालकलाई आवतजावतमा सहज भएको छ।
सडक बत्ती सञ्चालनमा आएपछि रातको समयमा सडकको सुन्दरता हेर्न तथा फोटो खिच्न आउने मानिसहरूको संख्या पनि बढेको देखिन्छ।
सडक बत्तीले रातको समयमा हुने दुर्घटना न्यूनीकरणसँगै सडक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।







-
entertainment4 weeks agoसुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग
-
entertainment4 weeks agoदीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६
-
entertainment4 weeks agoऐतिहासिक धरोहर रानीपोखरी ३६० डिग्री एरियल दृश्यमा
-
entertainment4 weeks agoमञ्चमा मिस मेनुका
-
entertainment4 weeks agoकाठमाडौँको ऐतिहासिक र आधुनिक पहिचान दरबारमार्ग
-
entertainment4 weeks agoब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन
-
entertainment3 weeks agoललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु
-
entertainment3 weeks agoब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’


You must be logged in to post a comment Login