Connect with us

lifestyle

इन्द्रजात्रा सुरू

Published

on

आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।

हनुमानढोकाअगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ।

भदौ २१ गते शनिबार इन्द्रजात्राको मुख्य दिन हो।

उक्त दिन राष्ट्र प्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ।

सरकारले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन

Published

on

‘टुगेदर फर आर्ट’ नाराका साथ ललितपुरस्थित हेरिटेज गार्डेनमा तीन दिने अन्तर्राष्ट्रिय नेपाल ट्याटु सम्मेलन सम्पन्न भएको छ।

१३ औं संस्करणमा जारी यो सम्मेलन दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा पुरानो ट्याटु महोत्सवको रूपमा चिनिन्छ।

यो महोत्सवमा विश्वका २५ भन्दा बढी देशबाट २५० भन्दा बढी ट्याटु आर्टिस्टहरूको सहभागिता रहेको थियो ।

लाइभ ट्याटु सेसन, विभिन्न प्रतियोगिता, अवार्ड वितरण, संगीत तथा सांस्कृतिक कार्यक्रमहरूको कारण महोत्सव युवा आकर्षणको केन्द्र बन्ने गरेको छ।

सम्मेलनमा परम्परागत नेपाली कलाकृति; गणेश, हनुमान, बुद्धसम्बन्ध प्राचीन कलाकौशललाई आधुनिक ट्याटु आर्टसँग जोडेर अझ कलात्मक र बान्कीपूर्ण बनाइएको छ।

शुक्रबारदेखि सुरू महोत्सव आइतबार साँझसम्म चलेको थियो।

Continue Reading

lifestyle

गहना खोज्ने जात्रा

Published

on

काठमाडौंको प्राचीन बस्ती हाँडीगाउँमा गहना खोज्ने जात्रा भव्य रूपमा मनाइएको छ। यो जात्रा टुँडालदेवी (त्वरंः अजिमा/वैष्णवी)सँग सम्बन्धित छ।

किंवदन्तीअनुसार टुँडालदेवी र उनकी छोरी भाटभटेनी (मपता अजिमा) गहना पोखरीमा नुहाउँदा देवीको गहना हराएको थियो। सोही घटनालाई सम्झँदै हरेक वर्ष खटलाई गहना पोखरी (तिसाः मालिगु पुखु) भित्र लगेर तीन पटक परिक्रमा गराइन्छ र गहना खोज्ने नाटकीय दृश्य प्रस्तुत गरिन्छ।

जात्राको मुख्य दिनमा टुँडालदेवीको मूर्तिलाई खटमा राखेर हाँडीगाउँका सडकमा घुमाइन्छ। त्यसपछि पूजारी तथा स्थानीय बासिन्दाले खटलाई पोखरीभित्र डुबाउँदै परिक्रमा गराउँछन्। धिमे र न्याखिंको मधुर धुन, नाचगान र ठूलो भीडले वातावरण अझ रमाइलो बनाउँछ।

यो जात्रा लिच्छवी कालदेखि चलिआएको मानिन्छ। अन्यत्र नभएको विशेषताका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान पनि प्रचलित छ। जात्रा प्रायः चैत्र शुक्ल अष्टमी वा पूर्णिमातिर सुरु भई प्रतिपदाका दिन मुख्य कार्यक्रम सम्पन्न हुने गर्दछ।

हाँडीगाउँका नेवार समुदायले ठूलो भक्तिभाव र उत्साहका साथ यो परम्परा जोगाउँदै आएका छन्। यस जात्राले स्थानीय सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको छ।

Continue Reading

Feature

भक्तपुर दरबार स्क्वायर

Published

on

भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा सुन्दर तथा ऐतिहासिक युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो। यहाँ सदियौँदेखि विकसित न्यूारी कला, वास्तुकला र संस्कृतिको जीवन्त प्रदर्शन देख्न पाइन्छ।

यस क्षेत्रमा पर्यटकहरूको चहलपहल सधैं नै उल्लेखनीय रहने गर्दछ। विशेषगरी मौसम अनुकूल हुँदा र चाडपर्वका बेला यहाँ पर्यटकहरूको आगमन झनै बढ्ने गर्छ।

भक्तपुर दरबार स्क्वायर पुग्दा पर्यटकहरूको रमाइलो चहलपहल उल्लेख्य देखिन्छ। पर्यटकहरू यहाँका मौलिक कला सम्पदाहरू अवलोकन गर्दै रमाइरहेका देख्न सकिन्छ।

भक्तपुरमा दैनिक रूपमा विदेशी तथा आन्तरिक पर्यटकहरू घुम्न आउने गरेका छन्। यहाँका प्रमुख आकर्षणहरू—पचपन्न झ्याले दरबार, स्वर्ण द्वार (गोल्डेन गेट), न्यातापोला मन्दिर, वत्सला मन्दिर तथा भैरवनाथ मन्दिर—घुम्न आउनेहरूले भरिभराउ देखिन्छन्।

बिहानको समयमा यहाँ वातावरण शान्त र भीड कम रहने भए पनि दिउँसो र साँझतिर पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्ने गर्छ।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com