Feature
जय शम्भो!
पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ।
आइतबार महाशिवरात्री पर्व मनाइँदैछ।
त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्।
पशुपति क्षेत्र विकास कोषले उनीहरुको बसोबासको प्रबन्ध गरेको हुन्छ।
शनिबारदेखि नै भक्तजनहरूको पनि पशुपति क्षेत्रमा चहलपहल बढेको छ। 3
महाशिवरात्रिका अवसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी, चियालगायत सेवा गर्नेको पनि घुइँचो छ।
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारी स्थलगत रूपमै खटिएर काम गरिरहेका छन्
You must be logged in to post a comment Login