Connect with us

entertainment

“Jindagi Rocks”

Published

on

On December 3, 2014, an award ceremony was held at Academy Hall located at Kamaladi, Kathmandu. The “D Cine Award” was presented to honour both artistic and technical excellence of professionals in Kollywood, the Nepali language film industry.
Similarly, Nikesh Khadka took the stage to perform one of his never heard hits to be from the movie “Jindagi Rocks”. Check out the exclusive photos of “Jindagi Rocks” crew and Nikesh Khadka at the D Cine Awardszindaggi rocks 0

zindaggi rocks 1

zindaggi rocks 2

zindaggi rocks 3

zindaggi rocks 4

zindaggi rocks 5

entertainment

मैतीदेवी मन्दिरमा दसैँको रौनक

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

काठमाडौं। बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा देवीको दर्शन र पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल देखिएको छ।

दसैँको धार्मिक रौनकसँगै बिहानैदेखि भक्तजनहरू मैतीदेवी मन्दिर पुगेर देवी दुर्गाको पूजा आराधना तथा दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको उपस्थितिले दसैँको उल्लास र धार्मिक वातावरणलाई झल्काएको छ।

शक्तिको उपासना गरिने बडादसैँमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लाग्ने गर्छ। दुर्गा भवानीप्रति आस्था प्रकट गर्दै पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा दसैँको विशेषता हो।

Continue Reading

entertainment

बूढीगण्डकीमा बाढी, तटीय बस्तीमा क्षति

Published

on

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा पहिरो खसेर खोला थुनिएपछि बूढीगण्डकी नदीमा आइतबार बिहान ठूलो बाढी आएको छ। बाढीले नदी किनारका बस्ती तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत खारोङ र उङ्जुलुबीच खसेको सुक्खा पहिरोले स्यारखोला थुनेपछि बाढी आएको प्रारम्भिक जानकारी छ। खोला थुनिँदा करिब दुई सयदेखि तीन सय मिटर माथिसम्म पानी र बाफ उडेको देखिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताएका छन्।

पहिरोले खोला थुनेपछि जम्मा भएको पानी एक्कासि बग्दा नदीको बहाव बढेको हो। बाढी नदी किनारका बस्ती र भौतिक संरचनामा पसेको छ। घटनास्थलमा तत्काल पुग्न नसकिएकाले क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।

बाढीले गोरखाको माछीखोला बजारमा ठूलो क्षति पुर्‍याएको छ। माछीखोलाबाट केरौँजा जाने झोलुङ्गे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत क्षति पुगेको छ। नदीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

घटनापछि स्थानीय बासिन्दालाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको थियो। स्थानीयको सतर्कताका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताएका छन्।

बूढीगण्डकी नदीमा पानीको बहाव अवरुद्ध हुने र फेरि खुल्ने अवस्था रहेकाले तल्लो तटीय क्षेत्रमा जोखिम कायमै छ। प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र बाढीको जोखिम भएका स्थानबाट टाढा रहन आग्रह गरेको छ।

घटनाबाट भएको भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

Continue Reading

entertainment

अनन्तरूपवितानम्

Published

on

नमुना कलेज अफ फेसन टेक्नोलोजीका २१औँ ब्याचका स्नातक डिजाइनरहरूले ‘अनन्तरूपवितानम्’ शीर्षकमा फेसन शो आयोजना गरेको छ।

‘जर्नी अफ फेसन’ अवधारणामा आधारित उक्त फेसन शोले नेपाली कला, वास्तुकला, संस्कृति, परम्परा र सम्पदालाई आधुनिक फेसनमार्फत प्रस्तुत गरेको छ।

‘कस्मिक थ्रेड्स अफ हेरिटेज : नेपाल बियोन्ड टाइम एन्ड युनिभर्स’ मूल विषय रहेको शोमा नेपाली पहिचान र पुर्ख्यौली सीपलाई समकालीन डिजाइनसँग जोडिएको छ।

फेसन शोमा परम्परागत कपडा, मौलिक आकृति, सांस्कृतिक प्रतीक र हस्तकलाबाट प्रेरित पहिरन प्रस्तुत गरिएको छ। हिमालदेखि प्राचीन मन्दिरसम्मका नेपाली सम्पदालाई आधुनिक डिजाइनमा समेट्दै परम्परा र नवीनताको संयोजन देखाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम नमुना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत २१औँ ब्याचका स्नातक डिजाइनरहरूले आयोजना तथा व्यवस्थापन गरेका हुन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com