काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव
- October 30, 2026
- 31 पटक पढिएको
काठमाडौंको कला, संस्कृति र सम्पदालाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ।
काठमाडौं महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवमा नेपालसहित विभिन्न देशका फिल्मकर्मी, निर्देशक, कलाकार तथा चलचित्र क्षेत्रका विज्ञहरू सहभागी हुँदैछन्।
महोत्सवमा भारतीय चर्चित अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता रहनेछ।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, रेड कार्पेट र पुरस्कार वितरणका कार्यक्रम राखिएका छन्।
महोत्सवको पहिलो दिन वसन्तपुरमा सम्पदा यात्रा र उद्घाटन समारोह आयोजना हुँदैछ। शनिबार अभिनेत्री शबाना आजमीसँग चलचित्र क्षेत्रको अनुभव र जीवन यात्राबारे विशेष अन्तरसंवाद हुनेछ।
महोत्सवले काठमाडौंको मौलिक पहिचान, कला, संस्कृति र सम्पदालाई विश्व चलचित्र क्षेत्रसँग जोड्ने अपेक्षा गरिएको छ।










#streetnepal #kathmandufilmfestival
