Connect with us

entertainment

Kathmandu Shahar

Published

on

View of Kathmandu from different angles. Population is increasing day by day in Kathmandu.Baneswor choke Bicc dharahara IMG_9078 copy Kathmandu airport Kathmandu road Kathmandu Kathmandu1 Kathmandu3 Kathmandu4 Kathmandu5 Kathmandu6 Kathmandu44

entertainment

फास्ट ट्र्याकको काम ५० प्रतिशत , लागत २ खर्ब नाघ्यो

Published

on

काठमाडौं । काठमाडौंलाई तराई–मधेससँग जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम आधा मात्रै सम्पन्न भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस आयोजनाको भौतिक प्रगति २०८३ भदौ मसान्तसम्म ५०.०२ प्रतिशत पुगेको छ।

करिब ७०.९७ किलोमिटर लामो यो द्रुतमार्ग ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्माण भइरहेको छ। आयोजनाको निर्माण व्यवस्थापनको जिम्मा सरकारले २०७४ सालमा नेपाली सेनालाई दिएको थियो।

सुरुमा करिब ८५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत बढेर अहिले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। भदौ मसान्तसम्म आयोजनामा ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको छ।

निर्धारित समयमा काम पूरा हुन नसकेपछि सरकारले आयोजनाको म्याद तेस्रोपटक थप गरेको छ। अब २०८६ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाअन्तर्गत सातवटा सुरुङ र ८९ वटा पुल निर्माण गर्ने योजना छ। धेद्रे र लेनडाँडा सुरुङका दुवै ट्युबमा खन्ने काम पूरा भएको छ। महादेवटार सुरुङको एउटा ट्युबमा पनि खन्ने काम सकिएको छ। पुलतर्फ भने जग, आधारभूत संरचना र माथिल्लो भाग निर्माणको काम जारी छ।

निर्माणमा ढिलाइ हुनुको मुख्य कारणमध्ये ललितपुरको खोकना क्षेत्रमा देखिएको जग्गा अधिग्रहण र मुआब्जा विवाद पनि हो। स्थानीयको असन्तुष्टि र ठेक्का प्रक्रियामा भएको ढिलाइले यस खण्डको काम प्रभावित भएको छ।

फास्ट ट्र्याक सञ्चालनमा आएपछि काठमाडौं र तराईबीचको यात्रा दूरी तथा समय घट्ने अपेक्षा गरिएको छ। यसले मालसामान ढुवानी सहज बनाउनुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

तर, आयोजनाको आधा काम मात्रै सम्पन्न भएकाले अबको साढे तीन वर्षभित्र निर्माण पूरा गर्न सरकारले ठेक्का व्यवस्थापन, बजेट, जग्गा विवाद र निर्माणको गतिमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

तस्विरः नेपली सेना

Continue Reading

entertainment

अमृत क्षेत्री र शान्तिश्री परियारको स्वरमा ‘लालुपाते’

Published

on

गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा ‘लालुपाते’ बोलको लोक–आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका शान्तिश्री परियार र क्षेत्रीको स्वर रहेको छ भने संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन्।

निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोमा अञ्जली अधिकारी, नयन क्षेत्री र अम्बिका क्षेत्रीको अभिनय छ। यो नयनको डेब्यु म्युजिक भिडियो हो।

२२ वर्षदेखि सुरशाला म्युजिक एकेडेमीका संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षक रहेका क्षेत्रीका ‘मैले हेर्ने एउटा तारा’, ‘तिमी हौ’ र ‘मग मग’ लगायत गीत चर्चित छन्। उनले दसैँलगत्तै अर्को लोकशैलीको गीत ल्याउने तयारी गरेका छन्।

Continue Reading

entertainment

मैतीदेवी मन्दिरमा दसैँको रौनक

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

काठमाडौं। बडादसैँको दोस्रो दिन काठमाडौंको मैतीदेवी मन्दिरमा देवीको दर्शन र पूजाआजा गर्ने श्रद्धालुहरूको चहलपहल देखिएको छ।

दसैँको धार्मिक रौनकसँगै बिहानैदेखि भक्तजनहरू मैतीदेवी मन्दिर पुगेर देवी दुर्गाको पूजा आराधना तथा दर्शन गरिरहेका छन्। मन्दिर परिसरमा पूजाआजा गर्न आउने श्रद्धालुहरूको उपस्थितिले दसैँको उल्लास र धार्मिक वातावरणलाई झल्काएको छ।

शक्तिको उपासना गरिने बडादसैँमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठमा भक्तजनहरूको भीड लाग्ने गर्छ। दुर्गा भवानीप्रति आस्था प्रकट गर्दै पूजा आराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा दसैँको विशेषता हो।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com