Connect with us

Art

KATRINA KAIF MARRIES VICKY KAUSHAL

Published

on

Bollywood stars Katrina Kaif and Vicky Kaushal tied the knot on Thursday. The wedding was a close-knit affair at Rajasthan’s Six Senses Fort Barwara , Sawai Madhopur district with family and close friends in attendance.

The actors took to social media handle and made the announcement, along with sharing clicks from the nuptial. Both the actors wrote in the caption,”Only love and gratitude in our hearts for everything that brought us to this moment. Seeking all your love and blessings as we begin this new journey together.”

Congratulations to the happy couple!!!

Photo: Katrina Kaif/Facebook

Art

‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा

Published

on

नेपालको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व प्रतियोगिता ‘मिस नेपाल २०२६’ ले औपचारिक रूपमा नयाँ यात्रा सुरु गरेको छ।

राजधानीमा आयोजित विशेष स्यास सेरेमोनीमार्फत यस वर्षका उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएका हुन्।

कार्यक्रममा सहभागी युवतीहरूले आफ्नो परिचय, रुचि, सपना र समाजप्रतिको दृष्टिकोण प्रस्तुत गर्दै प्रतियोगिताको प्रारम्भिक झलक दिएका थिए।

आयोजक संस्था द हिडन ट्रेजरका पदाधिकारी, पूर्व मिस नेपाल विजेता तथा अतिथिहरूले फाइनलिस्टहरूलाई स्यास र प्रतियोगी नम्बर प्रदान गरेका थिए।

यस वर्षको मिस नेपालको प्रमुख थिम ‘टप अफ द वर्ल्ड’ राखिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाबाट प्रेरित उक्त थिमलाई हिमाली आदिवासी समुदायको मौलिक पहिरन र सांस्कृतिक प्रस्तुतिमार्फत उद्घाटन गरिएको थियो। यसले नेपालको विविधता, पहिचान र विश्वसामु उभिएको गौरवलाई झल्काउने आयोजकको विश्वास छ।

अब आगामी केही सातासम्म फाइनलिस्टहरूले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सञ्चार कला, सामाजिक उत्तरदायित्व तथा विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउनेछन्। आयोजकका अनुसार प्रतियोगिता केवल सौन्दर्यमा सीमित नभई आत्मविश्वास, बौद्धिक क्षमता र सामाजिक प्रभावकारिताको खोजी गर्ने प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ।

यससँगै मिस नेपाल २०२६ को प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ र अन्तिम मुकुटका लागि २४ प्रतिभाशाली युवतीबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

Continue Reading

Art

द टेस्ट अफ सेलरोटी

Published

on

कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ।

मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले मानवीय सम्बन्ध, बिछोड, शोक, स्मृति र आकाङ्क्षाका गहिरा अनुभूतिलाई कलात्मक ढङ्गले रङ्गमञ्चमा प्रस्तुत गरेको छ।

नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर दर्शकमाझ ल्याएको छ।

मिथक, कला, विभिन्न भाषा तथा बोली, र सिनेम्याटिक दृश्य संयोजनमार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका तहहरूलाई मञ्चमा उतार्ने प्रयास गरिएको छ।

नाटकले समय, स्मृति र मानिसबीचको सम्बन्धलाई सूक्ष्म ढङ्गले केलाउँदै दर्शकलाई आत्मीय भावनात्मक यात्रामा लैजाने अपेक्षा गरिएको छ।

नाटकमा कलाकार बेदना खेरसुङ्मा राई र प्रयास बान्तवा राई को अभिनय रहेको छ। उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराई ले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँच ले तयार गरेका छन्।

नाटक मंगलबार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि प्रदर्शन गरिनेछ।

Continue Reading

Art

ऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)

Published

on

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौँ भक्तजन र दर्शकहरूको उपस्थितिमा बहुप्रतीक्षित भोटो जात्रा सम्पन्न भएको छ।

सयौँ वर्ष पुरानो परम्पराअनुसार मणिमाणिक्य जडित रहस्यमय भोटो सर्वसाधारणलाई देखाइयो। भोटो देखाउने क्षण हेर्न जावलाखेलमा जनसागर उर्लिएको थियो।

विशेष समारोहमा राष्ट्रपति राम चन्द्र पौडेल, उपराष्ट्रपति राम साहाय यादव,प्रधामन्त्री बालेन शाह तथा अन्य विशिष्ट व्यक्तित्वहरू सहभागी भए। ललितपुरकी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेपछि भोटो दर्शनको कार्यक्रम सम्पन्न भयो।

लिच्छवीकालदेखि चलिआएको विश्वास गरिएको यो जात्राले केवल धार्मिक आस्था मात्र होइन, काठमाडौं उपत्यकाको सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई पनि जीवन्त राख्दै आएको छ।

भोटो देखाइएसँगै उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध जात्रा रातो मछिन्द्रनाथ जात्रा यस वर्षका लागि औपचारिक रूपमा सम्पन्न भएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com