Connect with us

entertainment

Khagendra Lamichhane’s “Peeda Geet”

Published

on

Khagendra LamichaneKhagendra Lamichhane is an award winning Nepali author, actor, drama director who is active in Nepali theatre since 1999. As an author, actor and director, he has participated in National and International Theatre Festivals. His recent solo one act play, Peeda Geet is a portrayal of a man named Dal Bahadur who lost his family and relatives in an armed conflict. He then enters an unfamiliar city where he struggles a lot for his survival there. Peeda Geet is written and directed by Khagendra for the first time and is also played by himself. Peeda Geet was first premiered on 2064 B.S.at the Gurukul Theatre’s National Theatre Festival. Likewise, the same play was also performed in Thailand at the Pathumthani International Theatre Festival in 2009 and Edinburgh Fringe Festival, Scotland in the same year. Peeda Geet is playing all by Khagendra himself at Theatre Village, Lazimpat. Lamichhane made his debut in Nepali film industry with Manoj Pandit’s Badhshala. And he appeared in Nischal Basnet’s Talakjung Vs.Tulke in a leading role in 2014.Khagendra Lamichane3

Khagendra Lamichane2

Khagendra Lamichane1Khagendra Lamichane fet

Khagendra Lamichane6

Khagendra Lamichane5

Khagendra Lamichane4Khagendra Lamichane7

 

Auto

संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)

Published

on

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिम राजदूत तथा प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द,

म हिमालयको काखमा रहेको टाढाको देश नेपालबाट मानवताका लागि एउटा नजिकैको चेतावनी बोकेर यहाँ उपस्थित भएको छु।

म आज यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा युवा राष्ट्रको आकाङ्क्षाका बारेमा मात्र बोल्न पाएको भए हुन्थ्यो भन्ने चाहन्थेँ। तर, यसको साटो मैले विशाल विनाश र मृत्युका बारेमा बोल्नुपरेको छ, घर नफर्किने प्रियजनको पर्खाइमा बसेका परिवारका बारेमा बोल्नुपरेको छ, हिलो, ढुङ्गा र पानीमा आफन्तको शव खोजिरहेका समुदायका बारेमा बोल्नुपरेको छ, जसको शव सायद कहिल्यै फेला पर्ने छैन।

पुलहरू, सडकहरू, विद्यालयहरू, घरहरू र जीविकोपार्जनका साधनहरू केही मिनेटमै बगेर गएको बारे बोल्नुपरेको छ। दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने यात्रामा रहेको मेरो देशको प्रगति अवरुद्ध भएको छ।


चार हप्ताअघि, विश्वले नेपालको पहाडी समुदायलाई बगाएर लगेको विनाशकारी बाढीको स्तब्ध बनाउने दृश्यहरू देख्यो, जसलाई धेरैले ‘हिमालयको सुनामी’ भनेका छन्। त्रिशूलीको यो विपत्ति केवल एउटा स्थानीय त्रासदी थिएन।

यो विश्वका लागि एउटा चेतावनी थियो र आज म तपाईंहरूलाई सोध्न चाहन्छु, के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ? झन्डै तीन वर्षअघि, हाम्रो सगरमाथाको छायामा उभिएर संयुक्त राष्ट्र संघका महासचिवले मानवतालाई जलवायु परिवर्तनको पागलपन र आसन्न विपत्तिका बारेमा चेतावनी दिनुभएको थियो। विश्वको त्यो सर्वोच्च शिखरबाट आएको त्यो आवाजलाई पर्याप्त रूपमा सुनिएन।

हामीले नेपालमा सुन्यौँ, हाम्रा समुदायले सुने, विश्वभरका वैज्ञानिकहरूले सुने। उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्‍याए। तर हामी राजनीतिक नेताहरूले, ती चेतावनीहरूलाई संवेदनशील मानिसहरूले चाहेको गति र मात्रामा कार्यरूपमा उतार्न लापरबाही गर्‍यौँ।

गत महिना हामीले त्यसको दुःखद परिणाम देख्यौँ। न्यानो हुँदै गएको जलवायुले हिमालयको कमजोर पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ, हिमनदीमुनिका पहाडी ढलानहरू फुटाल्दै स्थायी बरफ (पर्माफ्रोस्ट) पग्लिरहेको छ, जसले गर्दा हिउँ र ढुङ्गाको हिमपहिरो, बाढी, पहिरो र अन्य आकस्मिक प्रकोपहरूको जोखिम बढिरहेको छ। नेपाल-चीन सीमाका दुवैतर्फ यसको विनाशकारी असर देखियो। बाढी तल्लो तटीय क्षेत्र हुँदै भारतसम्म पुग्यो। यसले हामीलाई एउटा आधारभूत कुरा सिकाउँछ। जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढीहरू राहदानी र भिसा बोकेर हिँड्दैनन्।


महामहिमहरू, म यहाँ गुनासो गर्न आएको होइन, केही सुझावहरू बाँड्न आएको हुँ। पहिलो, विपत्तिको समयमा मद्दतका लागि अगाडि आउनुहुने सबैप्रति म नेपालको तर्फबाट गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु। हाम्रा छिमेकी मुलुकहरू भारत र चीनले तत्काल र उदार सहयोग प्रदान गरे। अन्य मित्र राष्ट्रहरू, संयुक्त राष्ट्र संघ प्रणाली, मानवीय संस्थाहरू, परोपकारी संस्थाहरू र विश्वभरका जनता नेपालको साथमा उभिए। ती सबैलाई म नेपाली जनताको तर्फबाट धन्यवाद भन्न चाहन्छु।

नेपाल अहिले पुनः प्राप्ति र पुनर्निर्माणको ठूलो जिम्मेवारीमा छ। कम्तीमा १४०० जनाको मृत्यु र ६,००० भन्दा बढी मानिस हराइरहेको अवस्थामा, प्राथमिक मूल्यांकनअनुसार भौतिक पुनः प्राप्तिका लागि कूल गार्हस्थ्य उत्पादन (GDP) को करिब १० प्रतिशत आवश्यक पर्ने देखिएको छ।

सन् २०१५ को गोरखा भूकम्पपछि झैँ, हामी तपाईंहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्दछौँ। तर यो विपत्ति किन नेपालभन्दा बाहिरको पनि सरोकारको विषय हो, त्यो हामीले बुझ्नुपर्छ। नेपालले विश्वको कूल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्छ। यो संकट हामीले निम्त्याएका होइनौँ, तैपनि हामीले यसको ठूलो मूल्य चुकाइरहेका छौँ। हाम्रा हिमनदीहरू पछि हटिरहेका छन्, पहाडी ढलानहरू अस्थिर बनिरहेका छन्, नदीहरू अनपेक्षित भइरहेका छन् र हरेक ठूलो विपत्तिले हाम्रा वर्षौँको विकासका प्रयासलाई मेट्ने धम्की दिन्छ।

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना मात्र होइन, यो विकासको संकट हो। यसले सडक, पुल, विद्यालय, घर, खेत र जीविकोपार्जनका साधनहरू ध्वस्त पार्छ। यसले हामीलाई भविष्यका लागि आवश्यक पर्ने स्वच्छ ऊर्जाका पूर्वाधारहरू नष्ट गर्छ। र, यसले गरिब देशलाई आफूले नगरेको क्षतिको मरम्मत गर्न ऋण लिन बाध्य बनाउँछ। तर हामी यहाँ कुनै देश वा महादेशलाई दोष दिन आएका होइनौँ। हामी यहाँ कुनै पनि देशलाई जलवायु परिवर्तनलाई अर्को भू-राजनीतिक युद्धको मैदान बनाउन आग्रह गर्न आएका होइनौँ। हामी यहाँ सबैलाई साझा जिम्मेवारी र ऐक्यबद्धताप्रति पुनः प्रतिबद्ध हुन आग्रह गर्न आएका छौँ।

संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धि (UNFCCC) मार्फत, अन्तर्राष्ट्रिय समुदायले ‘साझा तर विभेदित जिम्मेवारी’ को सिद्धान्तमा सहमति जनाइसकेको छ। जसले ऐतिहासिक रूपमा समस्यामा बढी योगदान पुर्‍याएका छन् र जसको जवाफ दिने क्षमता बढी छ, उनीहरूले नै बढी काम गर्नुपर्छ। जलवायु न्याय संयुक्त राष्ट्र संघको दस्तावेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्न सक्दैन। हाम्रो देशका जनतालाई आफ्नो विगतलाई सधैँ पुनर्निर्माण गरिरहनुको साटो, भविष्य निर्माण गर्न दिनुपर्छ।

महामहिमहरू, हिन्दू-कुश हिमालय करिब दुई अर्ब मानिसको घर हो। यी हिमालहरूले नेपालभन्दा टाढाका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्दछन्। हिमालय ग्रहको छेउको कुरा होइन, यो पृथ्वीको जीवन रक्षा प्रणालीको अभिन्न अङ्ग हो।

त्यसैले, तत्कालको पहिलो कदमका रूपमा हामी प्रस्ताव गर्दछौँ कि नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु लचिलोपन संयन्त्र’ (Himalaya Climate Resilience Mechanism) स्थापना गरौँ। यस संयन्त्रमार्फत, हामी भू-उपग्रहको तथ्याङ्क र विज्ञता साझा गरौँ। खतरनाक हिमनदी तालहरूको अनुगमन गरौँ, संयुक्त पूर्व चेतावनी प्रणालीलाई सुदृढ गरौँ र जब विपत्ति आउँछ, सीमापार सहायतालाई समन्वय गरौँ। हिमालयलाई छरिएका सूचनाहरूको सिमाना होइन, अन्तर्राष्ट्रिय सहयोगको प्रयोगशाला बन्न दिऔँ।

अल्पविकसित राष्ट्रका लागि उल्लेखनीय रूपमा, नेपालले आफ्नो पारिस्थितिक हिस्साभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको छ। हामीले आफ्नो भू-भागको झन्डै आधा क्षेत्रमा वन क्षेत्र पुनर्स्थापना गरेका छौँ। हामी स्वच्छ ऊर्जाका आवश्यकताहरू पूरा गर्न र विदेशमा फोहोर ऊर्जाका स्रोतहरूलाई विस्थापित गर्न जलविद्युतको जडान तीव्र गतिमा गरिरहेका छौँ।

हामी युरोपका केही भागहरूसँग मेल खाने दरमा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरिरहेका छौँ। हामी स्थानीय स्तरमा जलवायु अनुकूलनलाई सुदृढ गरिरहेका छौँ र बढ्दो तीव्रता र आवृत्तिमा आउने जलवायु विपत्तिहरूसँग जुझ्न हामी थप प्रयास गर्नेछौँ। तर विश्वव्यापी शासनको असफलताले निम्त्याएको यो संकटविरुद्ध नेपालले मात्र लचिलोपन निर्माण गर्न सक्दैन।

त्यसैले यो सभाले ६ वटा शब्दहरूमा ध्यान दिनुपर्छ: राहत, पुनःस्थापना, पुनर्निर्माण र साथै जिम्मेवारी, क्षतिपूर्ति, लचिलोपन। पहिलो तीनवटा विपत्तिपछि चाहिने कुरा हुन्। पछिल्ला तीनवटा कुराहरू विपत्तिलाई स्थायी अवस्था बन्न नदिन आवश्यक छन्। जब जलवायुजन्य विपत्तिले गरिब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको जवाफ केवल अर्को ठूलो ऋण वा साना अनुदानहरूको जोडजाम मात्र हुन सक्दैन। हामीलाई विश्वबाट पर्याप्त अनुदानमा आधारित सहयोग आवश्यक छ। नोक्सान र क्षति कोष (Loss and Damage Fund), विश्वव्यापी वातावरण सुविधा र अन्य वित्तीय संयन्त्रहरू पर्याप्त छैनन्।

जलवायु वित्त यस्तो कर्मचारीतन्त्रको भूलभुलैया बन्नु हुँदैन, जसमा कमजोर देशहरूले सहयोग चाहिने वर्षहरू खर्चनुपरोस्। घरमा आगो लाग्दा, हामी परिवारलाई ५० वटा फारम भर्न लगाउँदैनौँ, हामी कदम चाल्छौँ। जलवायु न्यायको अर्थ यही हुनुपर्दछ।

महामहिमहरू, यसले मलाई एउटा ठूलो प्रश्नतर्फ लैजान्छ। तपाईं कस्तो अन्तर्राष्ट्रिय व्यवस्था चाहनुहुन्छ? संयुक्त राष्ट्र संघको जन्म भयानक विश्वयुद्धको मानवीय अनुभवबाट भएको हो। यसको वाचा थियो कि सार्वभौमसत्ताको अर्थ हुन्छ, अन्तर्राष्ट्रिय कानूनको अर्थ हुन्छ, हरेक मानवको मर्यादाको अर्थ हुन्छ र कमजोरहरूले शक्तिशालीले जे भन्यो त्यही स्वीकार गर्नुपर्ने अवस्था आउँदैन। आज त्यो अन्तर्राष्ट्रिय प्रणाली दबाबमा छ। धेरै पटक सैन्य र आर्थिक शक्तिले कसको आवाज सुनिने र कसको युद्धको अर्थ हुने भन्ने कुरा निर्धारण गर्छ। नेपालको विश्वास छ कि हामीलाई अझ निष्पक्ष विश्वव्यापी आर्थिक व्यवस्था आवश्यक छ।

सन् १९९४ मा, UNDP को मानव विकास प्रतिवेदनले ‘मानवीय असुरक्षा’ को धारणालाई अवधारणागत रूप दियो। यसले सुरक्षालाई भूभागको सट्टा मानिससँग र हतियारको सट्टा विकाससँग जोड्यो। यसले डर र अभावबाट स्वतन्त्रता सुनिश्चित गर्न शान्तिको लाभांश (Peace Dividend) को आह्वान गर्‍यो। यस मार्चमा हाम्रो इतिहासको सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचनबाट निर्वाचित नेपालको नयाँ बहुमतको सरकारले धेरै अन्तर्राष्ट्रिय प्रतिकूलताहरू झेल्नुपरेको छ। जब नेपालकी एक गरिब किसान महिलाले मनसुनमा बीउ रोप्न खोजिन्, मल समयमै पुगेन। जब हामी नयाँ राजमार्गका लागि भुक्तानी गर्न चाहन्थ्यौँ, त्यहाँ पैसा थिएन।

कारणभन्दा बाहिरको कुराका लागि गरिब जनतालाई दण्डित गरिन्छ। अन्तरमहादेशीय मिसाइलहरू समयमै आइपुग्छन्, राइफल र गोलाबारुद सीमापार गर्छन्, सबै अवरोधहरू पन्छाउँछन्, हरेक समयसीमा पूरा गर्छन्। तर नेपालको एक किसानले आवश्यक पर्दा बजार मूल्यमा मल वा इन्धन पाउन सक्दैन।

हामीले युद्धका लागि त्रुटिरहित र खानाका लागि भत्किएको लजिस्टिक भएको संसार बनाएका छौँ। र यो नेपालको मात्र दुर्भाग्य होइन। बंगलादेशलाई सोध्नुहोस्, भुटानलाई सोध्नुहोस्, भारतलाई सोध्नुहोस्, माल्दिभ्सलाई सोध्नुहोस्, पाकिस्तानलाई सोध्नुहोस्, श्रीलंकालाई सोध्नुहोस्, हाम्रो क्षेत्रको कुनै पनि देशलाई सोध्नुहोस् र तपाईंले उस्तै कथा सुन्नुहुनेछ। हामीले सुरु नगरेको जलवायु परिवर्तनबाट र हामीले सुरु नगरेको युद्धबाट हामी प्रताडित छौँ। यसले हामीलाई सिकाउँछ कि विश्वव्यापी सहयोगमा देखिनेभन्दा धेरै कुरा बिग्रिएका छन्।

महामहिमहरू, मलाई भनिएको छ कि यो वर्ष यो सभालाई सम्बोधन गर्ने म सबैभन्दा कान्छो सरकार प्रमुख हुँ। म त्यसलाई एउटा कथा बनाउन आएको होइन। म यो सुनिश्चित गर्न आएको हुँ कि यस मञ्चबाट जे सुकै बोलिए पनि, एउटा कुरा स्पष्ट रूपमा भनियोस्: मूल्य चुकाउन तयार रहेको देशले किन्न पाउनुपर्छ र ७२ घण्टामा संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने संसारसँग एक किसानलाई जीविकोपार्जनका साधन नदिने कुनै बहाना छैन। त्यसैले हामी बहुपक्षीयतामा विश्वास गर्छौँ।

त्यसैले हामीलाई यस्तो संयुक्त राष्ट्र संघ आवश्यक छ जहाँ सानो गरिब देशको उपस्थिति महसुस होस् र हामी परिणामतर्फ सँगै हिँड्न सकौँ। त्यसैले जलवायु न्याय केवल पैसाको कुरा मात्र होइन। यो वितरणात्मक न्यायको कुरा हो: लागत कसले व्यहोर्छ? यो प्रक्रियागत न्यायको कुरा हो: आवाज कसको छ? यो कुराको हो कि पहाडी समुदाय, साना टापु राष्ट्रहरू, भूपरिवेष्ठित र अल्पविकसित देशहरू र आउने पुस्ताहरूले समान रूपमा गन्ती पाउँछन् कि पाउँदैनन्। भोलि संयुक्त राष्ट्र संघमै हुने ‘सगरमाथादेखि समुद्र तटसम्म’ (Sagarmatha to Seaside) कार्यक्रमबाट नेपाल यो संवादको नेतृत्व गर्न तयार छ।

श्रीमान् अध्यक्षज्यू र महामहिमहरू, हामी यो महासभामा गहिरो विश्वव्यापी अनिश्चितताको क्षणमा छौँ र नयाँ पुस्ताको आकाङ्क्षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेशका साथ उभिएका छौँ। हाम्रा युवाहरूले इमानदारिता र जवाफदेहिताको राजनीति मागेका छन्। यो पुस्तागत परिवर्तन केवल राष्ट्रिय कथा होइन। यो द्वन्द्व, असमानता र अवसरको कमीविरुद्धको विश्वव्यापी जागरणको हिस्सा हो। मेरो सरकारको प्रतिबद्धता स्पष्ट छ: यस्तो राज्य निर्माण गर्ने जसले मर्यादित रोजगारी, सामाजिक सुरक्षा र प्रत्येक नेपालीलाई स्वदेशमै फस्टाउने निष्पक्ष अवसर प्रदान गरोस्।

नेपालको बाढीले जलवायु चरम सीमाबाट बन्ने भविष्यको संकेत गरेको छ। हाम्रा आधारभूत व्यवस्थाहरू अब सान्दर्भिक छैनन् र हामीले तदर्थ प्रतिक्रियाहरूबाट तयारीको संस्कृतिमा जानुपर्छ। लचिलोपनलाई वित्तपोषण गरौँ र बीमा तथा नवीनतामा लगानी गरौँ। बलिया पूर्वाधार र संस्थाहरू निर्माण गरौँ।

जीवाश्म इन्धनमाथिको निर्भरता कम गरौँ। चेतावनी दिने, सतर्क गराउने र जीवन बचाउने प्रणाली निर्माण गरौँ। सबैभन्दा कमजोरहरूलाई सबैभन्दा कम शक्ति दिने व्यवस्थामा सुधार गरौँ। र जब विश्वको सर्वोच्च शिखरबाट अर्को चेतावनी आउँछ, आउनुहोस्, हामी यसलाई सुन्न तयार होऔँ र कार्य गर्न तयार होऔँ।


भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धेरै धेरै धन्यवाद। नमस्ते।

Continue Reading

entertainment

१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा

Published

on

अनिता गुरुङ

कास्कीको ल्होँगो अर्थात् ल्वाङ गाउँमा जन्मिएकी पुष्पा तेल्स्यो तमुको जीवनयात्रा धम्पुसमा आएर नयाँ अध्यायसँग जोडियो । जन्मभूमिको माटो र कर्मभूमिको सम्बन्धले उहाँको जीवनलाई केवल एउटा गाउँकी छोरी र बुहारीको परिचयमा सीमित राखेन । तमु समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानलाई आत्मसात् गर्दै त्यसको संरक्षण र पुस्तान्तरणको अभियानमा उहाँ निरन्तर सक्रिय रहनुभयो । सामाजिक सेवासँगै नेतृत्व र महिला सहभागिताका क्षेत्रमा उहाँले बनाएको आफ्नो छुट्टै पहिचान आज धम्पुसदेखि तमु समुदायसम्म परिचित छ ।

तमु समुदायको भाषा, संस्कार, संस्कृति र पहिचानसँग जोडिएको सामाजिक अभियानमा उहाँले लामो समय नेतृत्व गर्नुभएको छ।

तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिको अध्यक्षका रूपमा १२ वर्ष ६ महिना ७ दिन बिताउनुभएकी पुष्पा तेल्स्यो तमु अहिले सल्लाहकार संयोजकको भूमिकामा हुनुहुन्छ।

जानी–नजानी संस्थामा जोडिएर सुरु भएको उहाँको यात्रा विस्तारै नेतृत्वको यात्रामा बदलियो। सुरुवाती दिनमा संस्था र काम सिक्दै अघि बढ्नुभएकी उहाँ आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भनेको संगठन विस्तार मान्नुहुन्छ।

उहाँको नेतृत्वमा पूर्वदेखि पश्चिमसम्म २० वटा जिल्लामा महिला समिति गठन गर्न सफल भएको उहाँ बताउनुहुन्छ। तर यो उपलब्धिलाई उहाँ आफ्नो व्यक्तिगत सफलता मान्नुहुन्न।

“म सफल हुनु भनेको मेरो समिति सफल हुनु हो। आमाहरूको सहयोगले नै संगठन विस्तार सम्भव भएको हो,” उहाँ भन्नुहुन्छ।

अग्रजहरूको सुझाव र तमु प्ये ल्हु संघको सहकार्यमा अघि बढेको संगठन विस्तारको यात्रा भने त्यति सहज थिएन। विशेषगरी तमु पेता–ल्हुता, संस्कार र संस्कृतिबारे जानकारी कम भएका ठाउँमा पुगेर संगठन निर्माण गर्नु निकै चुनौतीपूर्ण थियो।

नयाँ ठाउँमा पुगेर तमु संस्कार–संस्कृतिबारे बुझाउने, महिलाहरूलाई संगठित गर्ने र संस्थासँग जोड्ने काम उहाँका लागि नेतृत्वको महत्वपूर्ण अनुभव बन्यो।

पुष्प तमुका लागि तमु प्ये ल्हु संघ केवल एउटा संस्था मात्र रहेन। यही संस्थामार्फत उहाँले तमु संस्कार, संस्कृति र पहिचानलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो।

महिला विभागसँगै युवा तथा खेगी विभागका गतिविधिबाट पनि उहाँले धेरै कुरा सिक्ने अवसर पाउनुभयो। विशेषगरी खेगीहरूको माध्यमबाट पेता–ल्हुता र तमु संस्कारबारे बुझ्ने मौका पाएको उहाँ बताउनुहुन्छ।

संस्थामा आबद्ध भएपछि देशका विभिन्न ठाउँका तमु महिलासँग भेट्ने, उनीहरूका अनुभव सुन्ने र एउटै उद्देश्यका लागि काम गर्ने अवसर उहाँले पाउनुभयो।

यसले उहाँको सामाजिक यात्रा मात्र फराकिलो बनाएन, तमु महिलाको नेतृत्व क्षमता र योगदानलाई नजिकबाट चिन्ने अवसर पनि दियो।

तीन कार्यकालसम्म महिला समितिको नेतृत्व गरेपछि पदबाट बिदा हुने बेला पुष्प तमुको मनमा एउटा सोच आयो—संस्थामा आफ्नो एउटा चिनो छोडेर जाने।

त्यही सोचबाट आफ्ना सासु–ससुराको नाममा महिलाका लागि अक्षयकोष स्थापना गर्ने योजना बन्यो।

तमु प्ये ल्हु संघमा विभिन्न प्रयोजनका अक्षयकोष भए पनि महिलाका लागि छुट्टै अक्षयकोष नरहेको महसुस भएपछि उहाँले महिला प्रतिभालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभयो।

त्यसैबाट पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा योगदान गरेका तमु महिलालाई सम्मान गरिँदै आएको छ।

बरिष्ठ सञ्चारकर्मी रिता तमुबाट सुरु भएको सम्मानको यात्रा रेडियो नेपाल गण्डकी प्रदेशकी प्रमुख शान्ति तमु, अधिवक्ता जुना तमु हुँदै पछिल्लो पटक बरिष्ठ सञ्चारकर्मी अनिता तमुसम्म पुगेको छ।

पुष्प तमुका लागि यो सम्मान एउटा व्यक्तिको सम्मान मात्र होइन। तमु समाजमा महिलाले पनि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् भन्ने देखाउने माध्यम पनि हो।

“हाम्रा तमु महिलाहरू पनि विभिन्न क्षेत्रमा छन् भन्ने देखाउन र उहाँहरूलाई थप प्रोत्साहन गर्न यो अक्षयकोष स्थापना गरेकी हुँ,” उहाँको भनाइ छ।

महिला समितिले आफ्ना कार्यक्रमहरूमा महिला नेतृत्वलाई प्राथमिकता दिँदै आएको छ। प्रमुख अतिथिका रूपमा समेत महिलालाई अगाडि ल्याउने अभ्यासलाई पुष्पा संघको महत्वपूर्ण उपलब्धि मान्नुहुन्छ।

उहाँ भन्नुहुन्छ “यो औपचारिक कार्यक्रम मात्र होइन, महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिने माध्यम हो”।

तमु समाजमा धेरै महिला प्रतिभा र क्षमता भएर पनि अवसरको खोजीमा रहेको उहाँको अनुभव छ। त्यसैले उनीहरूलाई चिन्ने, प्रोत्साहन गर्ने र सम्मान गर्ने वातावरण बनाउनुपर्ने उहाँ बताउनुहुन्छ।

पुष्पा तेल्स्यो तमुको अनुभवमा हरेक पुस्ताको संघर्ष फरक हुन्छ।

अग्रजहरूले संस्था स्थापना र पहिचानका लागि संघर्ष गरे। अहिलेको पुस्ताले त्यसलाई विस्तार, संरक्षण र नयाँ पुस्तासम्म पुर्‍याउने जिम्मेवारी बोकेको छ।

“त्यतिबेलाको संघर्ष छुट्टै थियो, हाम्रो पालाको संघर्ष पनि छुट्टै छ,” उहाँ भन्नुहुन्छ।

विशेषगरी अहिले संगठन विस्तारसँगै नयाँ पुस्तालाई तमु भाषा, संस्कार र संस्कृतिसँग जोडिराख्नु अर्को चुनौती बनेको उहाँको बुझाइ छ।

उहाँका लागि संस्था कुनै एक व्यक्तिको प्रयासले मात्र चल्ने विषय होइन। नेतृत्व परिवर्तन हुँदै जान्छ, तर संस्था र यसको उद्देश्य निरन्तर अघि बढ्नुपर्छ।

१२ वर्ष ६ महिना ७ दिनको नेतृत्वपछि पुष्प तमु अहिले सल्लाहकार संयोजक हुनुहुन्छ। पद परिवर्तन भए पनि महिला समितिसँगको उहाँको सम्बन्ध भने उस्तै छ।

महिला समितिबाटै पहिलोपटक महिला नेतृत्व गर्ने अवसर पाएकाले महिला समिति भनेपछि आफूलाई विशेष आत्मीयता महसुस हुने उहाँ बताउनुहुन्छ।

त्यसैले नेतृत्वबाट बाहिरिँदा स्थापना गरेको महिला अक्षयकोष उहाँको संस्थाप्रतिको सम्बन्धको एउटा महत्वपूर्ण चिनो बनेको छ।

पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाबाट तमु महिलाहरू कार्यक्रममा सहभागी हुन आउँदा उहाँलाई आफ्नो नेतृत्व यात्रा सम्झना हुन्छ।

कठिन यात्रा र मौसमको सामना गर्दै कार्यक्रममा सहभागी हुने दिदीबहिनीप्रति उहाँ आभार व्यक्त गर्नुहुन्छ।

आज पुष्प तमु नेतृत्वको अग्रपंक्तिमा हुनुहुन्न। तर उहाँले निर्माण गरेको संगठनात्मक आधारमा नयाँ नेतृत्वले यात्रा अघि बढाइरहेको छ।

पुष्प तेल्स्यो तमुको कथा १२ वर्ष ६ महिना ७ दिन पदमा बसेको कथा मात्र होइन। यो संगठन निर्माण, महिला नेतृत्व, सांस्कृतिक पहिचान र पुस्तान्तरणको कथा हो।

धम्पुसबाट सुरु भएको उहाँको सामाजिक यात्रा पूर्वदेखि पश्चिमसम्मका तमु महिलालाई एउटै संस्थागत यात्रामा जोड्ने अभियानसँग जोडिएको छ।

उहाँको आफ्नै शब्दमा—

“मेरो सफलता भनेको सम्पूर्ण तमु प्ये ल्हु संघ महिला समिति सफल हुनु हो।”

मेरो नेतृत्वको एउटा अध्याय पूरा भएको छ। तर यात्रा रोकिएको छैन।

Continue Reading

entertainment

परम्परागत शैलीमा बन्दै गरेको ट्राफिक बिट

Published

on

गत वर्षको आन्दोलनका क्रममा तोडफोड भई क्षतिग्रस्त बनेको काठमाडौँको थापाथली चोकस्थित ट्राफिक बिटको अहिले पुनर्निर्माण भइरहेको छ।

सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयहरूको संयुक्त पहलमा बनिरहेको यो नयाँ संरचनालाई विशेष आकर्षणका साथ मौलिक शैलीमा तयार पारिएको छ।

यसको पर्खाल परम्परागत शैलीको इँट्टा प्रयोग गरेर लगाइएको छ भने यसमा आकर्षक तथा बुट्टेदार परम्परागत पिलरहरू राखिएको छ।

अझै व्यवस्थित र प्रविधिमैत्री बन्दै गरेको यस ट्राफिक बिटको निर्माणले थापाथली क्षेत्रको यातायात व्यवस्थापनलाई सहज बनाउनुका साथै यसको सौन्दर्यलाई समेत थप झल्काएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com