Connect with us

Feature

खस्रे गाउँमा होमस्टे (तस्बिरहरू)

Published

on

काभ्रेको खस्रे गाउँले सामुदायिक होमस्टेको सुरूआत गरेको छ।  

काठमाडौंबाट छोटो दुरीमा पर्ने काभ्रेको मण्डनदेउपुर नगरपालिका-३ मा पर्ने यो गाउँमा बसोबास गर्ने गुरूङ समुदायले होमस्टे सञ्चालनमा ल्याएको हो।  

राजधानीबाट एक घण्टाको यात्रामा आएर स्थानीय परिकार र संस्कृतिमा रम्न रमाउन यो उपयुक्त गन्तव्य बन्न सक्ने सम्भाव्यतालाई साक्षात्कार गर्दै होमस्टे सञ्चालनमा ल्याएको स्थानीय रमेश गुरूङले सेतोपाटीलाई बताए।  

५१ घर गुरूङ समुदाय आफ्नै थातथलोमा बस्दै आएको यो गाउँमा होम स्टेका पाहुनाहरूलाई गुरूङ समुदायको सांस्कृतिक नृत्य घाटु, सोरठी, झ्याउरे आदिले स्वागत गर्नुका साथै पाहुनाले चाहे अनुसारको सेवा प्रदान गरिने गरेको उनले बताए।  

सगरमाथादेखि अन्नपूर्ण रेन्जसम्मको हिमालहरू देख्न सकिने यो गाउँबाट आँगनमै बसेर सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ भने पाहुनाहरूले स्थानीय उत्पादनलाई आफैले पकाएर वा आफूले चाहे अनुसारको परिकार बनाएर खान बस्न सकिने सुविधा राखिएको छ।  

नगरकोटदेखि नजिकै रहेकोले पनि यो गाउँ पर्यटकको रोजाइमा समेत पर्दै आएको छ। यहाँ आउने पर्यटकहरू गाउँमै बस्न र खान पाउँदा खुसी देखिन्छ। 

हाल ११ घरमा सञ्चालित होमस्टेमा कम्तीमा ४० देखि ५० जना पाहुनालाई एकै पटकमा राख्न सकिने प्रबन्ध गरिएको छ।  

तस्बिरहरू:

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

बागमती किनारमा सुन्दर पार्क

Published

on

काठमाडौँको बागमती नदि किनार वरपर सुन्दर पार्कहरु निर्माण भईरहेका छन।

काठमाडौँ महानगरले हेल्थ–फिटनेस उपकरण, बाल–मैत्री खेल क्षेत्र तथा सुन्दर बस्न मिल्ने बेन्चहरूले पार्कलाई आकर्षक बनाएका छन्।

आगामी मंसिर १६ मा उद्घाटन हुने यस पार्कलाई वर्षायाममा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेको भन्दै विशेषज्ञहरूले नदी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने सुझाएका छन्।

Continue Reading

Feature

गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)

Published

on

गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ।

वर्षायाममा हिमालको फेदी र उच्च खर्क – लेकसम्म पुग्ने भेडीगोठ हिउँद लागेसँगै बेशीतर्फ झर्ने चलन अहिले पनि निरन्तर छ।

यही क्रममा लमजुङको घलेगाउँ नजिकै भेटियो – ६१ वर्षीय गंगाबहादुर गुरुङको भेडीगोठ।

गंगाबहादुर विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन्।

यो पेसा उनी आफ्ना बुबाबाटै सिकेका हुन्।

“बाबा बितेपछि विदेश जाने कोसिस गरेँ, सफलता पाएनँ।

त्यसपछि २५ वर्षको उमेरदेखि खच्चड किनेँ, भेडा पाल्न थालेँ,” उनी भन्छन्। गत वर्षसम्म करिब ६ सय भेडा भएको गोठमा एकैपटक २५० भेडा मरेपछि अहिले संख्या ३५० आसपासमा झरेको छ। भेटनरीले दिएको औषधिले केही बचाउन सहज भए पनि क्षति ठूलो भएको गंगाबहादुरले बताए ।

बर्खा सकिएपछि उनी तल झर्न थालेका थिए, अहिले घलेगाउँ नजिकै आईपुगेका छन्।

“भेडाको साँढे ३-४ वटा भयो भने ठिकै हुन्छ ” उनी मुस्कुराउँदै भन्छन्।

उनका साथीको गोठमा पनि खसी र भेडा मिसिएको छ। “फाइदा भए बेच्ने, नत्र पालेर बस्ने ! यही हो हाम्रो जीवन,” उनी थप्छन्। गाउँमा अहिले जम्मा ३ वटा गोठ मात्र बचेका छन्।

पहिलेजस्तो धेरै गोठ एकैसाथ लेक–खर्कमा जाने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। गंगाबहादुरको गोठ लमजुङ हिमालको फेदसम्म पुग्छ, यद्यपि सबै गोठालाले त्यत्रो उचाइसम्म भेडा लैजान सक्दैनन्।

गोठभित्रको जीवन कष्टकर छ ‘मान्द्रो, ‘ढोक्सा’ पकाउने भाँडाकुडा, ओछ्यान, कुकुर, साना पाठा बाँध्ने ठाउँ, बस्ने–सुत्ने टालटुलका सामग्री।

“हामी त बख्खु ओढ्छौँ, सिरक छैन-उनले गोठ भित्रको अवस्था देखाउदै भने।

गुरुङ समुदायमा भेडीगोठलाई पेसा मात्र होइन, संस्कार, संस्कृतिको एक आधार मानेर निरन्तर जोगाइँदै आएको छ।

लमजुङको घलेगाउँमा देखिएको भेडीगोठको रमाइलो दृश्य प्रदेशकै मौलिक गुरुङ परम्पराको जीवित प्रतीक हो।

गुरुङ समुदायको पहिचान, पहाडी जीवनको कठिनाइ र प्रकृतिसँगको सहअस्तित्व – यी सबै कथाहरू भेडीगोठसँग गाँसिएर आज पनि जीवन्त रहेको छ।

Continue Reading

entertainment

अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल

Published

on

लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ।

टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा भाइरल बनेपछि अर्जुनले दर्शकको माया आफूलाई ठूलो प्रेरणा बनेको बताएका छन्।

‘पछ्यौरी लिसियो’ र ‘दुख साटम्ला’ जस्ता गीतबाट चर्चित सापकोटाको यस नवीनतम गीतमा मेलिना राई, समीक्षा अधिकारी र अर्जुन स्वयंको स्वर समावेश छ। सन्तोष सापकोटाको शब्दमा तयार गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका छन् भने प्रदीप रोदनको कविता वाचन पनि सुन्न सकिन्छ।

वैदेशिक रोजगारी र प्रेमको दूरीलाई कथावस्तु बनाइएको म्युजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन्। भिडियोमा अर्जुन सापकोटा, कुसुम भण्डारी, शिवु पाण्डे तथा अन्य कलाकारको अभिनय देख्न सकिन्छ।

गीत सार्वजनिक भएको चार दिनमै विभिन्न सेलिब्रेटी र क्रिएटरहरूले रिल्स तथा टिकटक बनाउँदै ‘झलिको’लाई हालैको चर्चित सिर्जनामध्ये एक बनाएका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2025 streetnepal.com