Connect with us

Offbeat

Korean style influence on teens

Published

on

When a boy or a girl reaches to teen age they try their best to look attractive. In Nepal most of the teens follow Korean style these days. Most of the teens seen on the streets are carrying Korean style attire. We have caught some pictures of teenage girls with Korean style looks at Chabhill, Kathmandu. They said they were impressed so much by Korean hair and dress style.

Korean influence on teens

Korean influence on teens0

Korean influence on teens1

Korean influence on teens2

Korean influence on teens3

entertainment

सेतीमाथि बन्दैछ पोखराको नयाँ सिग्नेचर पुल

Published

on

अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

पोखराको सेती नदीमाथि अब बन्नेछन् दुई नयाँ आधुनिक पुल। पृथ्वीचोक बसपार्क र पोखरा रंगशाला गेट जोड्ने गरी निर्माण भइरहेको यो पुल पोखराको यातायात पूर्वाधारमा नयाँ पहिचान थप्ने योजनाका रूपमा अघि बढाइएको छ।

पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको यो केबल–स्टेड सिग्नेचर पुल नेपालकै नमुना अत्याधुनिक पुलमध्ये एक हुने अपेक्षा गरिएको छ।

भ्याटसहित एक अर्ब सात करोड रुपैयाँ लागत रहेको पुल निर्माणको जिम्मा रसुवा कन्स्ट्रक्सनले लिएको छ। हाल सञ्चालनमा रहेको पुलको दायाँ र बायाँ छुट्टाछुट्टै दुई नयाँ पुल निर्माण गरिँदै छन्। दुवै पुल १९०–१९० मिटर लामा हुनेछन्।

२०७९ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि डिजाइन स्वीकृति र निर्माणस्थल खाली गराउने काममा ढिलाइ हुँदा २०८० कात्तिकदेखि मात्रै निर्माण सुरु भएको थियो।

हालसम्म करिब ७० प्रतिशत काम सम्पन्न भएको आयोजनाको निर्माण अवधि थप गरी २०८३ फागुनभित्र सक्ने लक्ष्य राखिएको छ।

निर्माण सम्पन्न भएपछि सेती नदीमाथिको आवागमनलाई थप सहज बनाउनुका साथै पोखराको सहरी पूर्वाधारमा आधुनिक संरचना थपिनेछ। आकर्षक बनावट र आधुनिक प्रविधिमा आधारित यी पुल पोखराको नयाँ पहिचानसमेत बन्न सक्नेछन्।

Continue Reading

entertainment

काठमाडौँमा बढ्दै ट्राफिकजाम

Published

on

पछिल्लो समय काठमाडौंका मुख्य सडकमा ट्राफिक जाम बढ्दै गएको छ।

विशेषगरी बिहान र साँझ कार्यालय समयमा सडकमा सवारीको चाप अत्यधिक हुने गरेको छ।

न्युरोड, सहिदगेट, माइतीघर, थापाथलीदेखि कुपन्डोल र पुल्चोकसम्मका मुख्य सडकमा लामो समयसम्म सवारीसाधनको लाइन देखिन्छ।

चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा सवारीसाधनको चाप अझ बढ्ने देखिन्छ।

साँझ परेपछि काठमाडौँमा देखिएको सवारी चापको दृश्य।

default

default
default

default

default
default
Continue Reading

entertainment

झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर

Published

on

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी

वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ।

दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी बत्ती जडान गरी आकर्षक बनाइएको हो।

दशैंको समयमा मैतीदेवी मन्दिरमा दर्शन तथा पूजा गर्न भक्तजनको भीड लाग्ने भएकाले मन्दिरलाई विशेष रूपमा सजाइएको हो।

साँझपख झिलिमिली बत्तीले मन्दिर परिसर थप आकर्षक देखिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com