lifestyle

न्युयोर्कमा तमु ल्होछार सम्पन्न

Published

on

न्युयोर्क । तमु परिवार न्युयोर्कले शुक्रवार न्युयोर्कमा गुरुङ संस्कृती पछ्याउदै तमु ल्होछार भब्य रुपमा मनाएको छ।

मुप्री ल्हो (गडुल बर्ग)लाई विदाई गर्दै सप्री ल्हो(सर्प बर्ष)को स्वागतमा तमु परिवार न्युयोर्कले तमु ल्होछार मनाएको हो।

कार्यक्रममा अमेरिकामा रहदै आएका र नेपालबाट आएका विभिन्न चर्चित कलाकारहरुका साथै समाजका कलाकारहरुले गुरुङ संस्कृतिको प्रस्तुति गरेको थियो।

समाजका अध्यक्ष मनितादेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालबाट अमेरिकामा पुगी राष्ट्रको निम्ति स्वर्ण र रजत पदक दिलाउन सफल कुम्फु खेलाडी तथा कलाकार भुपेन्द्र गुरुङलाई नगद सहित सम्मान प्रदान गरिएको थियो।

यस्तै कार्यक्रममा गुरुङ समुदायको मौलिक नृत्य सोरठी, घाँटु, कृष्ण चरित्र लगाएतका नाच गानहरु देखाइएको थियो भने चर्चित गायक गायिका मानित गुरुङ र ज्योती गुरुङले आ-आफ्नो प्रस्तुति दिइएको थियो।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version