Connect with us

Feature

शिल्पी नाटकघरमा ‘लस्ट एण्ड फाउन्ड’(तस्विरहरु)

Published

on

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा घिमिरे युवराज निर्देशित नाटक ‘लस्ट एण्ड फाउन्ड’ मञ्चन भइरहेको छ।

नाटकले नागरिकताविहीनता, पहिचानको खोज, मानसिक आघात र सम्बन्ध जस्ता संवेदनशील विषयहरू उठाएको छ। २५ वर्षीया गाइड भूमि र क्यानाडाबाट आएका सागरबीचको यात्रा र संवादमार्फत कथाले गहिरो सामाजिक प्रश्नहरू उठाउँछ।

भूमिको भूमिकामा पवित्रा खड्का र सागरको भूमिकामा सुमित भण्डारी छन्। अन्य कलाकारमा सुहाना आचार्य र गोविन्द ओली छन्।

नाटक जेठ १७ गतेसम्म हरेक दिन (मंगलबार बाहेक) साँझ ५:१५ बजे र शनिबार दिउँसो १:०० बजे विशेष शोमा मञ्चन हुँदैछ।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

बत्ती जडानपछि यस्तो देखियो न्युरोड

Published

on

काठमाडौंको न्युरोडस्थित इन्द्रचोकदेखि विशाल बजार बसन्तपुर लगाएतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ।

यहाँ का घरहरुमा पुरनो शैलीको रंग लगाए पश्चात सडकमा पनि पुरानै शैलीको बत्तिहरु जडान गरिएको हो।

काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रको मौलिक पहिचान जोगाउँदै सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले यी बत्ती जडान गरेको हो।

बत्ति जडान पश्चात यहाँको शुन्दरतामा निखाए आएको देखिन्छ।

Continue Reading

Art

झण्डा कला महोत्सव २०८३

Published

on

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक सातासम्म चलेको ‘झण्डा कला महोत्सव २०८३’ सम्पन्न भएको छ।

नेपाली राष्ट्रिय झण्डालाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले कला, संस्कृति र राष्ट्रिय पहिचानलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो।

‘नेपाली राष्ट्रियता र संस्कृति’ भन्ने मूल नारासहित आर्ट बुमले आयोजना गरेको महोत्सवमा हजारौँ दर्शकको सहभागिता रहेको थियो।

प्रदर्शनीमा नेपाली राष्ट्रिय झण्डाको कलात्मक स्वरूपलाई विभिन्न शैलीमा चित्रण गरिएका आकर्षक कलाकृतिहरू राखिएका थिए, जसले दर्शकको विशेष ध्यान खिच्यो।

त्यसैगरी, नेपालको ऐतिहासिक सम्पदा, हिमाल, पहाड, तराई, धार्मिक स्थल, मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यलाई समेटिएका चित्रकलाले पनि प्रदर्शनीलाई थप विशेष बनाएको थियो।

कलाकारहरूले आफ्ना सिर्जनामार्फत नेपालीपन, राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार यो महोत्सव केवल कला प्रदर्शनी मात्र नभई नयाँ पुस्तालाई राष्ट्रिय झण्डाको महत्व, नेपाली मौलिक कला र सांस्कृतिक सम्पदाप्रति थप सचेत बनाउने प्रयास पनि हो।

एक सातासम्म सञ्चालन भएको यस महोत्सवले कला पारखी र सर्वसाधारण दुवैबाट उत्साहजनक प्रतिक्रिया पाएको आयोजकले जनाएको छ।

Continue Reading

entertainment

सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा

Published

on

लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ।

एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने रेलिङ, सिँढी र अन्य फिनिसिङका काम जारी रहेका छन्।

वर्षौँदेखि अलपत्र रहेको यो आयोजना पछिल्लो समय तीव्र गतिमा अघि बढाइएको हो। निर्माण कम्पनीले पुलको स्टिल संरचना जडान तथा अन्य प्रमुख प्राविधिक काम पूरा गरिसकेको जनाएको छ।

अब बाँकी रहेका साना प्राविधिक तथा सौन्दर्यकरणका काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

व्यस्त चक्रपथ क्षेत्रमा दैनिक हजारौँ पैदलयात्रीले सडक पार गर्नुपर्ने भएकाले पुल सञ्चालनमा आएपछि आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

साथै, सडकमा हुने पैदलयात्रीको चाप घटेर ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com