Connect with us

Feature

शिल्पी नाटकघरमा ‘लस्ट एण्ड फाउन्ड’(तस्विरहरु)

Published

on

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी नाटकघरमा घिमिरे युवराज निर्देशित नाटक ‘लस्ट एण्ड फाउन्ड’ मञ्चन भइरहेको छ।

नाटकले नागरिकताविहीनता, पहिचानको खोज, मानसिक आघात र सम्बन्ध जस्ता संवेदनशील विषयहरू उठाएको छ। २५ वर्षीया गाइड भूमि र क्यानाडाबाट आएका सागरबीचको यात्रा र संवादमार्फत कथाले गहिरो सामाजिक प्रश्नहरू उठाउँछ।

भूमिको भूमिकामा पवित्रा खड्का र सागरको भूमिकामा सुमित भण्डारी छन्। अन्य कलाकारमा सुहाना आचार्य र गोविन्द ओली छन्।

नाटक जेठ १७ गतेसम्म हरेक दिन (मंगलबार बाहेक) साँझ ५:१५ बजे र शनिबार दिउँसो १:०० बजे विशेष शोमा मञ्चन हुँदैछ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Feature

ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)

Published

on

ग्वार्को ओभरपास अब सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सवारीसाधन चल्न थालेको हो।

२०७८ फागुनमा थालिएको निर्माण १७ करोड ६ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। म्याद पटक–पटक थपिँदै पुस १० गतेदेखि जरिवानासहित निर्माण कम्पनीलाई काममा लगाइएको थियो।

चार लेनको यो ओभरपासमा कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरको र्याम्प बनाइएको छ, जसको चौडाइ १०.२ मिटर छ।

सातदोबाटो र कोटेश्वर गन्तव्यका सवारीले ओभरपास प्रयोग गर्नेछन् भने मंगलबजार–इमाडोलतर्फका सवारी साधन तलको बाटो प्रयोग गर्नेछन्।

यसबाट ट्राफिक जाम न्युनिकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

ग्वार्कोओभरपास

ओभरपासउद्घाटन

काठमाडौंट्राफिक

सातदोबाटो

कोटेश्वर

मंगलबजार

इमाडोल

ललितपुर

नेपालनिर्माण

सार्वजनिकपूर्वाधार

जाममुक्त

RoadDevelopment

KathmanduTraffic

OverpassNepal

InfrastructureNepal

Continue Reading

Feature

डल्ले खोला

Published

on

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ।

नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा निर्देशन गरेकी छिन्।

यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको कथा हो।

नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।

‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’

#डल्लेखोला #DalleKhola #शिल्पीथिएटर #NepaliTheatre #TheatreForChange #नदीकोकथा #NepaliDrama #ParshuPradhan #VedanaRai #नाटक #सामाजिकसन्देश #EnvironmentAwareness #विकासविरोधीभ्रष्टाचार #SaveOurRivers #कला_द्वारा_सचेतना

Continue Reading

entertainment

सदाबहार चार्मका धनि अभिनेता आर्यन सिग्देल

Published

on

काठमाडौं, नेपाल – नेपाली सिनेमाका चर्चित अनुहार आर्यन सिग्देल आफ्नो स्वभाविक अभिनयआकर्षक रूपका लागि परिचित छन्। रोमान्टिक नायकको छवि बनाएका सिग्देलले नेपाली फिल्म उद्योगमा बलियो उपस्थिति जनाएका छन्।

उनले सन् २००७ मा चलचित्र किस्मतबाट रेखा थापासँगै डेब्यु गरेका थिए। यद्यपि, उनको अभिनय यात्रामा ठूलो मोड सन् २००९ मा आयो जब उनले ‘मेरो एउटा साथी छ’ मा एक बिग्रिएको राणा खानदानको छोराको प्रभावशाली भूमिका निभाए। यो चलचित्रले उनलाई स्टारडमको उचाइमा पुर्‍यायो।

सन् २०१० मा रिलिज भएका ‘हिफाजत’, ‘फर्स्ट लभ’, र ‘द फ्ल्यासब्याक (फर्केर हेर्दा)’ जस्ता चलचित्रहरूले बक्स अफिसमा ठूलो सफलता प्राप्त गर्दै आर्यनलाई नेपाली सिनेमाको अग्रणी नायकको रूपमा स्थापित गरे।

हाल आर्यन अभिनित चलचित्र ‘महाभोज’‘के घर के डेराः घर नं २’ प्रदर्शन भइरहेका छन्। उनी अहिले पनि विभिन्न नयाँ चलचित्रका प्रोजेक्टहरूमा सक्रिय छन्, जसले नेपाली दर्शकमाझ उनको लोकप्रियता कायमै रहेको पुष्टि गर्छ।

Continue Reading

Trending

Copyright © 2025 streetnepal.com