lifestyle

दसैँको रौनक, सिरानडाँडाको रोटे पिङ

avatar
Street Nepal

An editor at streetnepal


  • October 20, 2026
  • 5 पटक पढिएको

गोरखाको अजिरकोट गाउँपालिकास्थित सिरानडाँडामा रोटे पिङ खेल्दै रमाइरहेका स्थानीयवासी। दसैँ मनाउन गाउँ फर्किनेहरू बढेसँगै गाउँघरमा चहलपहल र रौनक थपिएको छ।

दसैँमा पिङ खेल्ने पुरानो परम्परालाई निरन्तरता दिँदै स्थानीयले सामूहिक रूपमा रोटे पिङ बनाएका हुन्। रोजगारी र अध्ययनका लागि गाउँबाहिर रहेका आफन्तजन घर फर्किएपछि पिङ खेल्ने, भेटघाट गर्ने र खुसी साटासाट गर्ने क्रम बढेको छ।

दसैँको रमाइलोसँग जोडिएको रोटे पिङले गाउँमा चाडपर्वको उमंग थपेको छ। यो मनोरञ्जनको माध्यम मात्र होइन, पुस्तौँदेखि चल्दै आएको संस्कृति र आपसी सद्भाव जोड्ने परम्परा पनि हो।

Facebook Comments