Art

जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

avatar
Street Nepal

An editor at streetnepal


  • October 15, 2026
  • 17 पटक पढिएको

पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ सार्वजनिक भएको छ।

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो।

फाइन प्रिन्टद्वारा प्रकाशित यस उपन्यासलाई कक्षा १२ मा अध्ययनरत डोम समुदायकी १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र लेखक सापकोटाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

कस्तो कथा हो?

‘मगनी मरिक’ मधेशको सबैभन्दा सीमान्तकृत मानिने डोम समुदायको जीवनशैली, संघर्ष र दर्दनाक यथार्थमा आधारित सामाजिक उपन्यास हो। लेखक सापकोटाले आफ्नो दुई दशकभन्दा लामो पत्रकारिता तथा स्थलगत रिपोर्टिङका क्रममा आर्जन गरेका वास्तविक अनुभवहरूलाई यस पुस्तकको आधार बनाएका छन्।

उपन्यासले समाजमा अझै पनि विद्यमान जातीय विभेद, छुवाछूत, चरम गरिबी र राज्यको मूल प्रवाहबाट पछाडि पारिएको एउटा पिँधको समुदायले दैनिक जीवनमा भोग्नुपर्ने उत्पीडन तथा अस्तित्वको संघर्षलाई मार्मिक ढंगले उजागर गरेको छ।

Facebook Comments