Connect with us

entertainment

MALAI MA JASTAI BANNA DEU

Published

on

“Malai Ma Jastai Banna Deu” is new music video of Famous Singer Shiva Pariyar. Singer himself have created the music for this song. The song is taken from the album Shivalaya. Lyricist Mahesh Acharya has penned the song. Artist Kritika Kafle Dhruba Sagar Thapa and other are featured in the video.

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

entertainment

३५ वर्ष पुरानो लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ सार्वजनिक

Published

on

काठामाडौ । सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ ।

लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई आज, असाढ ३ गते काठमाडौ, दरवारमार्ग, क्युएफएक्स हलमा एक भब्य कार्यक्रमका बिच गीतलाई सार्वजनिक गरिएको छ । लुङ्टो क्रियशन युट्युव च्यानलबाट अफिसियल गीतपनि सार्वजनिक भैसकेको छ । ३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ ।

३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो । यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । अमर श्रष्ठा स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् ।

जहा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ । सार्वजनिक गीतको बारेमा बोल्दै प्राज्ञ शान्तिरामले आफ्नो ३५ वर्ष अगाडीको संर्घष सम्झिए । शान्तिरामले भने ‘काठमाडौको बासाई, संर्घष अनी अभावमा जन्मिएको थियो धोका दियौ तिमीले ।’ यो गीत बाउ, छोरा र नाति पुस्ताहरुका लागी लोकप्रिय भएकोपनि शान्तिरामले बताए । त्यस्तै गायक रोशनले कार्यक्रमलाई सम्बोधन गर्दै, प्राज्ञ संगीतकार शान्तिरामलाई ढोग्दै सदावहार लोकप्रिय गीत गाउन दिएकोमा धन्यवाद प्रकट गरे । द भ्वाईस अफ नेपालका संचालक चर्चित होस्ट सुशिल नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । सुशिलले पनि रोशनको स्वरसंगै अभिनयको पनि तारिफ गरेका थिए ।

चर्चित निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ ।

निर्देशक राजेशले केकी र रोशनलाई दमदार अभिनय गराएका छन् । भ्वाईस अफ नेपाल सिजन ६ बाट चर्चामा आएका रोशन गीत संगीतमा बच्चैदेखी लागेका थिए । रोशनले ०६० सालमा पहिलो गीत रेकर्ड गरेका थिए । अहिले सम्म १ हजार बढी गीतहरु गाइसकेका रोशनको ४ एल्बमहरु दर्शक, श्रोताहरुमाझ ल्याईसकेका छन् । भर्सटाइल रोशन गायनसंगै शब्द तथा संगीतपनि सृजना गर्छन् ।

उनको १०० भन्दा बढी संगीतहरु पनि दर्शक, श्रोतामाझ ल्याईसकेका छन् । म्युजिक भिडियोमा पहिलो पटक अभिनयमा गरेका रोशनको गीत रिलिजपछि अभिनयकोपनि प्रसंसा भइरहेको छ । रोशनको ‘मेरो प्यारो खोटाङ’, ‘तिमी सित माया गर्दा’ , ‘जिवनमा एउटै’ लगायत गीतहरु दर्शकमाझ लोकप्रिय रहेको छ ।

Continue Reading

entertainment

पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

Published

on

काठमाडौं, असार ६: आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सव २०२५ आजदेखि चाबहिलस्थित चलचित्र विकास वोर्डमा सुरु भएको छ। ‘आदिवासी जनजाति चलचित्रको प्रबर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको तीनदिने महोत्सव विभिन्न जनजातीहरुको सांस्कृतिक झाँकी बाट शुरु भएको थियो ।

नेपालको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। वि.सं. २०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएयता आदिवासी जनजातीको भाषा संस्कृतिमा चलचित्र बन्न थालेको इतिहास छ।

यस महोत्सवले आदिवासी जनजातिका मौलिक कला–संस्कृति, धर्म, परम्परा र भाषाको दस्ताबेजीकरण, संरक्षण र प्रबर्द्धनका साथै पर्यटन विकासमा समेत टेवा पुर्‍याउने लक्ष्य राखेको छ। महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछन्।

महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रकर्मीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

Continue Reading

entertainment

जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै

Published

on

जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
नेपाली संगीत बजारमा नयाँ गीत ‘जुध्यो नजर’ कोराहा चुड्का गीत सार्वजनिक हुने तयारीमा छ।

रेश्मा तामाङको प्रस्तुति रहेको यस गीतको निर्देशन दीप गुरुङले गरेका हुन्।

यस गीतमा मनोज गुरुङ र रेश्मा तामाङको मुख्य भूमिकामा रहेको छ भने गीतमा स्वर देवराज आले मगर र रेश्मा तामाङको रहेको छ।

शब्द तथा संगीत पनि देवराज आले मगरले नै सिर्जना गरेका हुन्। विश्लेवास नेपालले गीतलाई एरेन्ज गरेका छन् भने कुमार राना मगरले मिक्सिङ र मास्टरिङको काम गरेका छन्।

विजय लामाले छायांकन गरेको यस गीतमा दीप गुरुङको कोरियोग्राफी रहेको छ भने पदम सुवेदीको सम्पादन रहेको छ।

दीप फिल्म्स प्रोडक्सनले निर्माण गरेको यो गीत चाँडै नै विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुनेछ।

Continue Reading

Trending

Copyright © 2025 streetnepal.com