Model
MANSUN PANDEY
entertainment
नेपाल प्राइड परेड
काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्याली निकालेका हुन्।
शान्ति बाटिकाबाट सुरु भएको र्याली खुलामञ्चमा पुगेर सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले इन्द्रेणी झण्डा र विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले समान अधिकार, भेदभावको अन्त्य, सुरक्षित जीवन र सामाजिक स्वीकार्यताको माग गरेका थिए।
परेडमा समुदायका सदस्यहरू, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहेको थियो। खुलामञ्चमा सांस्कृतिक कार्यक्रम र सम्बोधनसमेत गरिएको थियो।
हरेक वर्ष जुन महिनामा विश्वभर ‘प्राइड मन्थ’ मनाइन्छ। सोही अवसरमा नेपालमा पनि प्राइड परेड आयोजना गरिएको हो।
आयोजकहरूले यस्ता कार्यक्रमले यौनिक तथा लैङ्गिक विविधताप्रति सम्मान बढाउन तथा समुदायका अधिकारबारे जनचेतना फैलाउन सहयोग पुग्ने बताएका छन्।





entertainment
बाह्रमासे घाटु
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–भंगालमा गुरुङ समुदायमा प्रचलित बाह्रमासे घाटु नृत्य प्रदर्शन गरिएको छ।
भंगालस्थित गुरुङ समुदायले आयोजना गरेको घाटु भोज कार्यक्रममा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको बाह्रमासे घाटु नृत्य प्रस्तुत गरिएको हो।
गुरुङ समुदायमा बाह्रमासे घाटु नृत्य खुसीयाली, मेला–पर्व, स्वागत–सत्कार, सांस्कृतिक उत्सव तथा विभिन्न विशेष समारोहका अवसरमा प्रदर्शन गर्ने परम्परा रहेको छ।




entertainment
गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ
गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।
सुधन यसअघि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो। उनी गोरखा १ बाट निर्वाचित सांसद हुन्।
महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्। उनी सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बनेका थिए।





-
Art2 weeks agoरंगमञ्चमा स्यालसिंह
-
entertainment3 weeks agoजावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ
-
entertainment4 weeks agoबाह्रमासे घाटु
-
entertainment4 weeks agoनेपाल प्राइड परेड
-
Auto4 weeks agoसल्लाघारीमा अफरोडको रोमाञ्च: पहिलो पटक एक्सपल्स २१० को टेस्ट राइड
-
Art4 weeks agoआर्टुडियोमा इजरायली कलाकार ओहर मारोम मंकको एकल प्रदर्शनी ‘Where the Water Falls’
-
entertainment4 weeks agoतस्विरमा घाँटु भोज
-
entertainment4 weeks agoमगर समुदायले मनाए भूम्या पर्व








You must be logged in to post a comment Login